नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित श्रृङ्खला सम्पन्न

काठमाडौँ

नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित साहित्यिक शृङ्खला आज (२०८३ भदौ २० गते, शनिबार) भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा आयोजित सो विशेष समारोहमा विशिष्ट भाषाविद् तथा समालोचक प्रा. डा. माधव प्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. पोखरेलले सम्पूर्ण वाचन तथा प्रस्तुत गरिएका रचनाहरूको गहन समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कार्यक्रमको गरिमा बढाउनुभएको थियो। सोही अवसरमा ‘कवि स्रष्टा विशेष’का रूपमा आमन्त्रित कवि नवराज उत्साहीलाई विशेष सम्मान प्रदान गरियो।

कार्यक्रमको अर्को मुख्य आकर्षणका रूपमा ‘कवि पूर्ण विराम पुरस्कार’ समर्पण समारोह रहेको थियो। नगद रु. ११,००० (एघार हजार) राशि सहितको उक्त पुरस्कार तथा सम्मानबाट यस वर्षका पुरस्कृत व्यक्तित्व आल्फी फोहेन फाक्लुप्पालाई भव्य रूपमा सम्मान गरियो।

समारोहमा राजधानी तथा आसपासका क्षेत्रका वरिष्ठ एवं प्रतिभाशाली स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शिवहरी पाण्डे, सुशिला शर्मा, गङ्गा खतिवडा, माधव अटल, सुजिता अविरल, रामदेव पाण्डे, केशव घिमिरे, बलराम विष्ट, नवीन पल्लव, दीपक भेटवाल, टी एन विश्वमित्र, मिशन अधिकारी, खडानन्द तिमल्सिना, कृष्ण बाउसे, राजाराम राउत, गोपालकुमार मैनाली, लीलाराज दाहाल, मुरहरि रायमाझी, कुलराज घिमिरे, राजेश सुवेदी, चेवन बस्नेत, सरस्वती चिमोरिया, जयराम बिडारी, सञ्जय सोती, रुबी सत्याल, रचना तिमल्सिना, कमला पहाडी, दुर्गा घिमिरे, यम ज्योति, पदम दाहाल, तीलप्रसाद न्यौपाने र मनोज जोशी लगायतका ३७ भन्दा बढी स्रष्टाहरूको समुपस्थिति रहेको थियो।

विविध साहित्यिक रचना वाचन तथा विचार-विमर्शले भरिपूर्ण उक्त कार्यक्रमको सञ्चालन उद्घोषक युवराज नास्तिकले गर्नुभएको थियो। प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले कार्यक्रमलाई भव्य र गरिमामय बनाउन उपस्थिति जनाउनुहुने सम्पूर्ण स्रष्टा, अतिथि तथा साहित्यप्रेमीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो।

Follow Us
4Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top