जनसांस्कृतिक काव्य-प्रवाह तथा स्रष्टा सम्मान


धरान ,२०८३ भदौ २१ गते, आइतवार ।
स्वाधीनता, सुशासन, समृद्धि र वैज्ञानिक समाजवादका लागि जनसंस्कृति भन्ने उद्घोषका साथ जनसांस्कृतिक महासङ्‌घ, नेपाल एक नम्बर (कोसी) प्रदेश समितिले वरिष्ठ कवि तथा प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा
स्रष्टासम्मान तथा रचना वाचन कार्यक्रम विमल स्मृति पुस्तकालय, सुनसरी ,धरान-१८, बुद्धचौकमा सम्पन्न भयो ।
प्रमुख अतिथि धमलाले कार्यक्रमलाई सम्बोधन गर्दै भाषा ,साहित्य,संस्कृति र कला लगायतका क्षेत्रमा एक नम्बर प्रदेशको विशेष महत्त्व रहेको चर्चा गर्दै अबको साहित्य सिर्जनामा वर्गीय पहिचान ,समावेशिता ,विचार, कला र सौन्दर्यबोध हुनुपर्ने बताउनुभयो।यसै क्रममा धमलाले साहित्यिक क्षेत्रमा विशेष योगदान पुर्याएका स्रष्टाहरू शङ्कर सुनुवार),देव सुब्बा इजम र टङ्क राजवंशीलाई सम्मान गर्नुभयो ।यसैगरी साहित्यिक क्षेत्रको उन्नयनमा विशिष्ट योगदान गरेबापत धरान नगरपालिका वर्डा नंं.१३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले र कवि शकुन्तला त्रिखत्री (भुसाल) विरामी अवस्थामा रहेकाले प्रमुख अतिथि धमला र महासङ्घका प्रदेश संयोजक प्राडा खेमराज खनालले उहाँहरूको निवासमै पुगेर सुस्वास्थ्यको कामनासहित सम्मान हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष,जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर (कोसी) प्रदेशका संयोजक प्राज्ञ प्राडा खेमराज खनालले यस महासङ्घले सबै जातजाति सबै भाषा,संस्कृति र साहित्यको संरक्षण र सम्बर्द्धन गर्दै समाजवादी लेखनयात्रामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि ,पूर्व सांसद तथा वरिष्ठ प्रगतिवादी कवि कुन्ता शर्माले प्रज्ञा-प्रतिष्ठानहरूमा प्राज्ञ नियुक्त हुँदा सरकारले मनोमानी गरेकामा चिन्ता व्यक्त गर्दै उच्च प्राज्ञिक मूल्य र मान्यतालाई जोगाउन नसकेको बताउँदै साहित्य सिर्जनाले मात्रै विचारको समृद्दिमा पुग्न सकिने बताउनुभयो ।
नेकपा ,धरान नगरपालिकाका संयोजक सिपी बजगाईँले स्रष्टाहरूले भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानलाई विशेष महत्त्वका रूपमा बुझ्न आग्रह गर्नुभयो।
जनसांस्कृतिक महासङ्घ नेपाल एक नम्बर प्रदेश समितिका सहसंयोजक खुश्बु राईले स्वागत मनतव्यका क्रममा जनसंस्कृतिलाई आत्मसात् गरी सिर्जना क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्नु आफैँमा महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो।साथै, महासङ्घका कार्यालय सदस्य तथा कवि विमला पोखरेलले कविता वाचन गर्नुभयो ।
सम्मानित स्रष्टा देव सुब्बा इजमले विचार,मुन्दुम चेतना र दृष्टिकोण बारे धारणा राख्दै अबको लेखनमा सांस्कृतिक पहिचान पनि महत्त्वपूर्ण पक्ष हुने बताउनुभयो ।
विशेष अतिथि द्वय ममता मृदुलले लघुकथा र अम्बिका शाक्यले कविता वाचन गर्नुभयो।साथै, सम्मानित स्रष्टा शङ्कर सुनुवार , सहप्राध्यापक टेकनाथ घिमिरे,महेश श्रेष्ठ , सत्यनारायण चौधरी, राधिका कार्की, मनि राई गोठाले, रोसन पराजुली, मचिन्द्र खत्री, रोजन शङ्कर, तारा लामगादे, गोपाल प्रयास “श्रेष्ठ”, हिक्मत खड्का, सवि मेबाहाङ, शङ्कर देवान ,टङ्क राजवंशी ,युवराज विष्ट लगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियोे ।
जनसांस्कृतिक महासङ्घ नेपाल,एक नम्बर प्रदेश समितिका कार्यालय सदस्य ,कवि सुधिर केसीले मिठासपूर्ण तरिकाले कार्यक्रम सञ्चालन गर्नुभयो। यसैगरी ,कार्यक्रममा सहभागी व्यक्तित्वहरूमा ,प्राध्यापक डाक्टर भरत भट्टराई, उपप्राध्यापक सोमनाथ खतिवडा,प्रदेश महासङ्घ कार्यालय सदस्य राजेन्द्र दाहाल,गणेशकुमारी राई, सोफिया लिम्बू, जेनी लिम्बू, टङ्का लिम्बू, पूर्णबहादुर गुरुङ, जमुना श्रेष्ठ, लोकराज निरौला, अबिरसिंह याक्सो, नारायण भण्डारी, प्रतीक्षा सापकोटा, सौगात खतिवडा, सुभद्रा अधिकारी, सीता धमला, शोभा खनाल, सिर्जना श्रेष्ठ, हर्कराज चर्मकार, यशोदा राई, फुमा सुनुवार, निर्मला नेपाल लगायत साठी जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा शोभा मिश्र, सिर्जना श्रेष्ठ, प्रतीक्षा खतिवडा र सीता गौतमले सहयोग पुर्याउनु भएको थियो।

Follow Us
2Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 116

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।