‘मुक्तक साधक समाज’ काे प्रथम मुक्तक वाचन कार्यक्रम सम्पन्न

कार्तिक ७, काठमाडाैँ ।

मुक्तक सुन्ने सुनाउने अभियानका साथ ‘मुक्तक साधक समाज’ काे प्रथम कार्यक्रम साहित्यकार प्रमाेद नेपालकाे सभापतित्वमा आज सम्पन्न भयाे ।
कार्यक्रमका संयाेजक मुक्तककार तथा मुक्तक अभियन्ता मदन नेपालले स्वागत मन्तव्य प्रकट गर्दै मुक्तक सुन्ने र सुनाउने कुनै मञ्च नभएकाे र मुक्तक लेख्न सिकाउने पनि कतै गर्ने गरेकाे नपाइएकाेले साे कुरालाई मध्यनजर गरी पाँच जनाबाट शुरु गरिएकाे अभियानमा उल्लेख्य सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै विशेष अतिथि बरिष्ठ गजलकार एवम् मुक्तककार ज्ञानुवाकर पाैडेलले कार्यक्रमकाे सह्राहना गर्दै गजलकारका बीचमा विवाद रहेकाेले गजलकार मुक्तक विधातर्फ आकर्षित हुँदै गइरहेका, जसले गर्दा मुक्तक विधा फस्टाउँदै गएकाे बताउँदै यस्ताे कार्य सह्रानीय छ भन्नू भयाे ।

अर्का विशेष अतिथि बरिष्ठ साहित्यकार विजयध्वज थापाले मुक्तककाे उन्नयनका लागि यस्ताे संस्था आवश्यक छ भन्नू भयाे ।
गीतकार सुभाष चन्द्र ढुंगेलले मुक्तक विधाका बारेमा जानकारी गराउँदै चारवटा मुक्तक वाचन गर्नु भयाे ।
सभाका अध्यक्ष साहित्यकार प्रमाेद नेपालले एक्काइस जनाकाे साझा समाजले मुक्तक विधालाई नयाँ उँचाईमा पुर्‍याउने छ भन्ने विश्वास जनाउँदै दसैकाे वेलामा पनि उपस्थित भै कार्यक्रमलाई सफल बनाउनु भएकाेमा उपस्थित सबैलाई धन्यवाद दिनु भयाे र दुईपटक गरेर चारवटा मुक्तक वाचन गर्नु भयाे ।
साहित्यकार डा. भरत भट्टराईकाे माेतिराम भट्टका मुक्तक वाचन र विश्लेषणबाट शुरु भएकाे कार्यक्रम कार्यक्रममा अठ्ठाइस जना मुक्तककारले मुक्तक वाचन गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सहजीकरण साहित्यकार राजेश मान के सीले गर्नुभएकाे थियाे ।

Follow Us
7Shares
Shabdasarovar
Shabdasarovar
Articles: 59

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।