देवकोटा जयन्तीमा झ्याउरे कविता वाचन सम्पन्न


कार्तिक २१, काठमाडौँ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजन्यतीका अवसरमा झ्याउरे कविता वाचन शृङ्खला – ७ औं सम्पन्न भएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपाल तथा झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनमा राजधानीको तिनकुने स्थित कौटिल्य स्कूलमा भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथि प्रा.डा. धुब्रप्रसाद भट्टराईज्यू,द्धारा व्यानर पढेर उद्घाटन भएको उक्त कार्यक्रम राष्ट्रियगान र अभियानगानबाट शुरू भएको थियो । कार्यक्रममा अतिथिहरू डा. शशी थापा पण्डित, टि.एन. भट्ट पेशलकुमार लुइँटेलर र चेतनाथ धमला हुनुहुन्थ्यो । काभ्रे प्रतिनिधी अभियन्ता कालिका त्रिपाठी पन्तले स्वागत गर्नु भएको उक्त कार्यक्रममा दुई दर्जन कविहरूले झ्याउरे लोकलयका कविता वाचन गर्नुभएको थियो । स्रष्टाहरूमा पदम दाहाल, चेवन बस्नेत, प्रजापति तिमल्सिना, ढुण्डिराज पोखरेल, सुमिता पौडेल, कालिका त्रिपाठी, क्रान्ति पराजुली, सानु शर्मा, गंगा खतिवडा दुर्गा घिमिरे र पेशल लुइँटेल आदिले सिर्जना वाचन गर्नु भएको थियो ।

आयोजक संस्था तथा अभियानकी अभियन्ता आशुकवि रेणुक भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको मन्तयमा प्रा.डा धुब्रप्रसाद भट्टराईले झ्याउरे मौलिक लोकलय हाम्रो नेपाली साहित्य हो ,हाम्रो मुटुको ढुक्ढुकी र पहिचान हो त्यसैले यसको सम्वर्धन र प्रवर्धनमा सबै लाग्नु पर्नेमा जोडदिनु भयो । साथै उहाँले वाचन गरिएका सिर्जनामाथि समेत टिप्पणी गर्नुहुँर्दै अभियानको निरन्तताको शुभकामना समेत दिनुभयो ।

कार्यक्रमा डा. शशी थापा पण्डित,पेशलकुमार लुईटेल, टि.एन भट्ट, चेतना धमला लगायले झ्याउरे अभियान र देवकोटाका बारेमा मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमा सभापतिको मन्तव्य राख्दै आयोजक संस्था तथा अभियानकी अभियन्ता आशुकवि रेणुक भट्टराईले झ्याउरे अभियानका बारेमा जानकारी दिर्दै आगामी दिनमा नियमित रूपमा मासिक कार्यक्रम हुने समेत जानकारी गराउनु भयो । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रतिको सच्चा सम्मान नै झ्याउरेलाई माया गर्नु हो भन्नु भयो । उहाँ ले सबैलाई एकपटक झ्याउरे लेख्न अनुरोध गर्दे झ्याउरे छन्दलाई विश्वमा पु¥याउने अभियानको लक्ष्य भएको समेत बताउनु भयो । कार्यक्रमलाई कवि गंगा खतिवडाले कुशल सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पत्रकार जयराम बिडारी, इन्दुल के.सी, सरोजा चिमोरिया आदिको सहभागिता थियो । विगत तीन वर्ष देखि नेपालमा झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सञ्चालनमा छ । स्रष्टाहरूले मौलिक लोकलय झ्याउरेमा कविता लेखेर पुनर्जागरण गरिहनु भएको छ ।

Follow Us
0Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 116

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।