पद्मावती-सुनन्दा साङ्गीतिक साँझ भव्य रुपमा सम्पन्न

कात्तिक १४, काठमाडौँ
साहित्यिक पत्रकार संघको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘’पद्मावती-सुनन्दा साङ्गीतिक साँझ’’ साङ्गीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष श्री राधेश्याम लेकालीको सभापतित्व तथा वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्य तथा वरिष्ठ स्रष्टा उषा शेरचनको विशिष्ट अतिथ्यमा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।
प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरेर समुद्घाटन गरिएको थियो । कार्यक्रममा साहित्यिक पत्रकार संधका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकालीले स्रष्टा पद्मावती सिंह तथा सुनन्दा माथेमा लगायत अभ्यागत विशिष्ट अतिथि एवं अतिथिहरुको विशेषता सहित परिचयका साथै स्वागत मन्तव्य राखिएको थियो । सो अवसरमा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै स्रष्टा पद्मावती सिंह र सुनन्दा माथेमाको साङ्गीतिक एवं साहित्यिक योगदानको चर्चा गरिएको थियो ।

पद्मावती सिंह: २००५ साल वैशाख ९ गते ओमबहालमा पिता पुष्पबहादुर माथेमा र माता रेणुका माथेमाको कोखबाट जन्मिनुभएकी सिंहले २०३३ सालमा रेडियो नेपालबाट स्वरपरिक्षा उतीर्ण गरी आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँको पहिलो गीतमा ज्ञानबहादुर श्रेष्ठको सङ्गीत र स्वयम्‌को शब्द रचना रहेको थियो । उहाँले गायन सङ्गीतका साथै २०४४ सालदेखि टेलिफिल्म तथा नाटकहरूमा समेत अभिनय गर्नुभएको छ ।
सुनन्दा माथेमा: २०१५ साल कात्तिक १५ गते माता परशुराम भक्त माथेमा र कृष्णमाया माथेमाका कोखबाट जन्मनुभएकी माथेमाले स्कुल जीवनदेखि नै सङ्गीतप्रति रुचि राखी नरराज ढकालसँग शास्त्रीय सङ्गीत सिक्नुभएको थियो । उहाँले पनि २०३२ सालदेखि २०५० सालसम्म राष्ट्रिय सङ्गीतकारहरूसँग सहकार्य गर्नुका साथै साहित्य सृजनामा समेत विशेष योगदान पुर्‍याउनुभएको बताइएको थियो ।

कार्यक्रममा पद्मावती सिंह र सुनन्दा माथेमाका चर्चित तथा लोकप्रिय साङ्गीतिक तथा म्युजिक भिडियोहरू प्रस्तुत गरिएका थिए: 
पद्मावती सिंहको हालसालै लोकार्पण गरिएको म्युजिक भिडियो ‘म मौन रही रहें’ ,चुपचाप म्युजिक भिडियो रङ्गिन साँझको याम, म्युजिक भिडियो ,कल्पन्छु सधैँ म्युजिक भिडियो, लगायतका गीतहरू प्रस्तुत गरिएका थिए। 

यसैगरी सुनन्दा माथेमाका ‘बल्ला मयजु’ (भिडियो), तिमी बाहेक (भिडियो), यो मनको फूल, (म्युजिक भिडियो – जसमा दिव्या भण्डारीले मोडलको रूपमा अभिनय गरेकी छिन् र मेरो बिहान खुल्यो, (भिडियो) प्रस्तुत गरिएका थिए। यसका साथै ‘समा यायेत’ (नेवारी) गीत पनि प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँसकोटा वरिष्ठ गीतकार उन्नति बोहरा ‘शीला’, साहित्यकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ संगीतकार राजु सिंह, र गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त थापा ‘वि्याासी’ लगायतका ख्यातिप्राप्त स्रष्टा तथा व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। नेपाली साङ्गीतिक र साहित्यिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने स्रष्टाद्वयको यस साङ्गीतिक साँझले उपस्थित दर्शक तथा साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिलद्वारा कुशलतापूर्वक सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा मोडल हरिश कल्प्रापि,भिडियो निर्देशक कृष्णदेव रुपाखेती,.डा. गोविनदमान सिंह कार्की, डा. सावित्री श्रेष्ठ डा. ज्ञानु पाण्डे ,लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा,वरिष्ठ सङ्गीतकार मनराज नकर्मी,साहित्यकार भगिरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ लगायत बाक्लो संख्यामा प्रतिष्ठित साहित्यकार एवं सङ्गीतप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Follow Us
1Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 116

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।