असाेज २५, काठमाडाैँ ।
लेखक एवं पत्रकार पदम श्रेष्ठको४९औं जन्मजयन्तीको अवसरमा पदम श्रेष्ठ स्मृतिग्रन्थ सार्वजनिकीकरण समारोह आयोजना गरिएको छ।
सो समारोहमा घोष्ट राइटिङका अध्य्यक्ष कमल ढकालले पदम श्रेष्ठ नेवार जातिका लागि कमलको फूलजस्तै भएको कुरा राख्नुभयो।नेवा:मिडिया क्लब स्थापना गर्नमा उनको भूमिकाबारे संस्कृतिकर्मी शर्मिला सुवालले आफ्नो भनाइ राखेकी थिइन्।सञ्चारविद् कुमार रञ्जितले विगतमा उनले पत्रकारितामार्फत जातजाति र धार्मिक सम्पदामा पुर्याएको योगदानबारे प्रकाश पार्नुभयो।
सो ग्रन्थका सम्पादक शम्भु श्रेष्ठले ग्रन्थ प्रकाशनबारे के कस्तो परिस्थिति भोक्नुपर्यो अब छिट्टै नेवार पुस्तक प्रकाशन गर्ने भएको कुरा बताउनुभयो।अर्का सम्पादक रसिला तामाङले दुई परिवार मिलेर जाँदा राम्रो हुने भनाइ राख्नुभयो।पदम श्रेष्ठका आमा सीतादेवी श्रेष्ठले छोराले पैसा नकमाएपनि धेेरै इष्टमित्रजन कमाएको कुरा गर्थे त्यो यहाँ देख्न पाएको कुरा बताइन्।
वरिष्ठ पत्रकार प्रेमनाथ जोशीको सभापतित्वमा भएको सो समारोहमा नेपाली लोकबाजा सङ्ग्रहालयका अध्य्यक्ष रामप्रसाद कँडेलले स्वागत मन्तव्य राख्नु भएको थियो।एक मिनेट मौन धारण गरेर सुरु भएको सो समारोह पदम श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशन समूहले आयोजना गरेको हो।नेपाली लोकबाजा सङ्ग्रहालय र सूचक प्रकाशन सोको सह-आयोजक थिए।
Follow Us



