एपीजे अब्दुल कलाम सम्मानबाट दुई दर्जन स्रष्टाहरु सम्मानित


कलकत्ता, भारत
युसुफ मोल्लाको सम्पादनमा बङ्ला भाषामा त्रैमासिक साहित्यिक पत्रिका ‘प्रतिभा सन्धाने’ले आफ्नो रजत जयन्ती समापनको सुअवसरमा राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गरी विभिन्न चौध राष्ट्रका पच्चीस जनालाई एपीजे अब्दुल कलाम सम्मान अर्पण गरेको छ ।
आयोजकका अनुसार भारतका लगभग सबै राज्यका साहित्यकारहरू सम्मिलित उक्त महोत्सवमा सांस्कृतिक झाँकीसहित प्रभातफेरिसँगै सुरूआत गरिएको थियो ।
स्थानीय सियालदहबाट शुभारम्भ भएको झाँकी नगरका विभिन्न भाग हुँदै एजेसी बोस मार्ग स्थित मौलाली युवा केन्द्रमा आई समापन भएको थियो । उक्त प्रभातफेरि समापन पश्चात सञ्चालित सातवटा सत्रमा विभक्त कार्यक्रममा कुनै न कुनै देशबाट प्रतिनिधित्व गर्ने साहित्यकारहरूलाई सम्मान गरिएको थियो । साँझ साढे सातबजेसम्म सञ्चालित कार्यक्रममा सम्मानित हुनेहरूमा बङ्गलादेशका प्रा. हसन नुज्जमान, लोथर रहमान, भारतका डा. रफिकुल इस्लाम, डा. शङ्करप्रसाद नस्कर, नेपालका केशरी अम्गाई, माधव घिमिरे ‘अटल’लगायत दुई दर्जन स्रष्टाहरू थिए ।

सातवटा सत्रमध्ये डा. पञ्चानन हल्दारले अध्यक्षता गरेको पहिलो सत्रमा बाङ्ला संस्कृतिको संस्थागत विकासबारे आधा दर्जन बेसी वक्ताहरूले विवेचना गरे भने झन्डै आधा दर्जन स्रष्टाहरूलाई सम्मानित गरियो । त्यसैगरी भोलानाथ हल्दारले अध्यक्षता गरेको दोस्रो सत्रमा प्रतिभा सन्धानेको विगत, वर्तमान र तय गर्नुपर्ने भावी दिशाबारे झन्डै एक दर्जन विदेशी वक्ताहरूले आफ्नो राय अभिव्यक्त गरे भने सोही समयमाथप आधा दर्जनस्रष्टाहरूलाई सम्मानअर्पण गरियो । डा. जगत्पति ताह अध्यक्ष तेस्रो सत्रमा साहित्यकार कुनै जाति,भाषा वा भूगोलमा बाँधिन नहुने विषयमा विशद बहस उठाइयो भने अन्य आधा दर्जन स्रष्टाहरूलाई सम्मानपत्र अर्पण गरियो । माणिक पण्डितले अध्यक्षता गरेको चौथो सत्रमा साहित्य र जीवनबीच रहने अन्योन्याश्रित सम्बन्धबारे व्यापक बहस उठान गरियो भने अन्य सर्जकहरूलाई सम्मान गरियो । सिराजुल इस्लाम ढालीको अध्यक्षतामा सञ्चालन भएको पाँचौ सत्रमा साहित्य र दर्शनबीचको सम्बन्धबारे छलफल चलाइयो । अमितेश करले अध्यक्षता गरेको छैटौँ र बरुण चक्रवर्तीले अध्यक्षता गरेको सातौँ सत्रमा साहित्यमा युवा पुस्ता र सामाजिक सञ्जाल तथा कृत्रिम बौद्धिकताले पारेको प्रभावबारे विस्तृत परिचर्चा तथा निराकरणका उपायबारे बहस गरियो ।
विभिन्न राष्ट्रबाट भाग लिने स्रष्टाहरूलाई ती सत्रहरूमा समावेश गरिएको थियो । नेपालबाट आमन्त्रित अतिथि लेखकहरूले नेपाल र कलकत्ताबीचको साहित्यिक,सांस्कृतिक तथा मुद्रणसँग सम्बन्धित सम्बन्धबारे आफ्ना भनाइ राख्दै जनस्तरमा देखिएको सन्तुलित सम्बन्ध यदाकदा राज्यस्तरमा भने उतारचढावको मार्गबाट गुज्रिएको जिकिर गरे । उनीहरूले यी सम्बन्धहरूलाई ठुलो सानो भूगोलका आधारमा नभई समानताको आधारमा विकास गर्नुपर्नेमा जोड दिए भने भारतबाहेक अन्य देशबाट प्रतिनिधित्व गर्ने वक्ताहरूको स्वर पनि उस्तै देखिन्थ्यो ।

Follow Us
0Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 115

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।