राजारामकृत लिगलिगे दौड विमोचन

काठमाडौँ,

नियात्राकार राजाराम बर्तौलाद्वारा लिखित लिगलिगे दौड पुस्तकको आज विमोचन गरियो । नेपालका धेरै स्थानहरू घुमेर त्यसका प्राकृतिक , ऐतिहासिक , सामरिक तथा धार्मिक स्थलगत दृश्यबोध गर्दै लेखिएको यस पुस्तकमा २९ शीर्षकमा समेटिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र के.सी.ले नियात्राकार राजाराम बर्तौलाले निरन्तर लेखन गरिरहनु भएकाले हामीले प्रत्यक्ष अनुभव गर्न पाइरहेका छौं वहाँकोसरल लेखन शैलीले पाठकलाई सजिलै प्रभाव पार्न सक्ने कुरा बताउनु भयो ।
सडक विमोचन कार्यक्रमका संयोजक डा. नवराज रिजालले नियात्रकार बर्तौलाको लेखन लोभलाग्दो छ, प्रस्तुति निकै शालिन रहेको बताउँदै काठमाडौं शहरको नजिकका सुन्दर प्राकृतिक भूगोलको सचित्र वर्णन भएको बताउनु भयो ।
त्यस्तै लेखक नियात्राकार राजाराम बर्तौलाले , मैले आफैंले भोगेका देखेका अनुभूतिजन्य कुरालाई भाषा साहित्यका माध्यमबाट प्रस्तुत गरेको मात्र हुँ अरुकुरा पाठकको प्रतिक्रियामा छोडेको बताउनु भयो । सडक विमोचन कार्यक्रमका सदस्य तथा अनुसन्धान कर्मी बद्रीप्रसाद ढकालले नियात्रा कार राजाराम बर्तौलाले जीवनको भागदौडमा भोगिएका कुरासँगै गोरखाकै लिगलिगे दौडको स्मरण गर्दै जीवनकाे खाेज र प्राप्ति काे कुरा उठाएकाे बताउनु भयो । अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तक नियात्रासङ्ग्रहको रूपमा बजारमा आएको हो

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top