हिँड्ने रहर

कविता

हिँडिरहुँ
डुलिरहुँ
निरन्तर सिर्जनाले
पालुवा भरिरहुँ
अनुभवी तारहरू गाँसिरहुँ
पाइला तिमीसँग चलिरहुन्
उसै गरी हातेमालो गरिरहुँ
बेथितिका पहाड उधिनेर
उर्जाशील मैदान खनिरहुँ
जुट्दै जुट्दै पाखुराहरू
संवेदनशील सुसेलीहरू
गाउँदै गाउँदै भञ्ज्याङ चढिरहुँ
निरन्तर उस्तै हिजाेजस्तै
राेग र भाेक मेटाउने
विश्वासले सामल बाेकेर
काँडा टेक्दै टेक्दै
अधर उघारेर कर्मयाेगी
पाेयाहरूमा देखिने गरी
जीवन जाेड्दै जाेड्दै
हिँडिरहुँ निरन्तर
डुलिरहुँ अविच्छिन्न साहस
बटुलेका गतिशील पाइलाहरू
उठाइरहुँ, उठाइरहुँ ऊ त्याे
उज्यालो पाेख्ने देउरालीसम्म
उस्तै हिजोजस्तै आज पनि !

-डा. छायादत्त न्यौपाने

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top