मलाइ माफ गर सरकार !


हिजोसम्म पेट्रोलको भाउ एक रुपैयाँ बढ्दा पनि सरकारलाई सराप्ने बानी परेछ,
आज थाहा पाएँ— भाउ त अन्तर्राष्ट्रिय बजारमै पो बढेको रहेछ, सरकार त निर्दोष पो रहेछ !
हिजो दुई दिन ग्यास नपाउँदा सरकारलाई ‘निकम्मा’ भन्दै सडकमा उफ्रिने बानी परेछ,
आज बुझेँ— दुई-चार दिन ग्यास नपाउँदैमा किन आत्तिनु? देश त भित्रभित्रै बनिरहेकै छ रे !
अनि कसरी नबनोस् त देश ?
जब ‘हनुमाने’ (अन्धभक्तहरू) र ‘अनुमाने’ (सपना बाँड्नेहरू) को गजबको मिलन भएको छ !
जनताको चुलोमा जतिसुकै आगो निभोस, समस्याको बाफ जतिसुकै गुम्सियोस्,
आखिर ‘प्रेसर कुकर’ मा हावा भरिएपछि सिट्टी (घण्टी) त बजिनै हाल्छ!

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top