मुक्तकालय नेपालले मनायो दोस्रो बार्षिकोत्सव

जेठ १७ । काठमाडौँ ।
साहित्यका विविध विधाहरु मध्य मुक्तक विधालाई प्रमुख मानेर मुक्तकको प्रबर्धनमा अनवरत खटेको मुक्तकालय नेपालले नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक भव्य समारोहको बीच हिजो शनिवार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।
संस्थाका अध्यक्ष निलाञ्जला भारद्वाजको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि मुक्तक प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रामकाजी कोने, रहनुभएको थियो । कार्यक्रममा मुक्तक साम्राज्ञी उषा शेरचन,ज्ञानुवाकर पौडेल, रमेश पौडेल, मदन नेपाल, राजेन्द्र घिमिरे तथा संस्थाका संथापकसंरक्षक सुनिल अधिकारी लगायतका प्रतिष्ठित मुक्तककारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा, मुक्तकालय नेपाललाई अक्षयकोष वृद्धि गर्न आर्थिक सहयोग गर्नुहुने शिवहरि बगाले, कृष्ण आचार्य तथा तुलसी नारायण चित्रकारलाई दोसल्ला ओढाएर मानार्थ आजीवन सदस्यताको कदरपत्रबाट सम्मान गरिएको थियो । साथै सो कार्यक्रममा ३१ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।
गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष कमला घिमिरे अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सचिव देवी वास्कोटाले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो ।

केही झलक तस्वीरमा

M1 1024x768
Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top