काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण

जयराम बिडारी ।काठमाडौँ,
पूर्णप्रकाश नेपाल ‘यात्री’ अध्ययन तथा अनुसन्धान केन्द्रको आयोजनामा टंगालस्थित राधाकृष्ण मन्दिरको सभाहलमा एक विशेष साहित्यिक समारोहका बीच ‘काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण भएको छ।

साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, स्रष्टा र अध्येताहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा कृतिको सामूहिक विमोचन गरिएको थियो। कार्यक्रम केन्द्रका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा विशिष्ट भाषाशास्त्री एवं वरिष्ठ कवि प्रा. मुकुन्दशरण उपाध्याय ‘विन्दु’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

त्यसैगरी, प्रमुख वक्ता एवं समालोचक ठाकुरप्रसाद शर्मा भण्डारीको थियो । कृतिका कृतिकार शशीप्रसाद बजगाईं अतिथिहरूका रूपमा अनेसास (काठमाडौँ) का कवि एवं अध्यक्ष पौडेल विमुन्स, कवि राधा कार्की तथा सविता शर्मा लगायतका साहित्यिक व्यक्तित्वहरू, लेखकका पारिवारिक सदस्यहरू, गुरुकुलका छात्रहरू र शिक्षकहरूको उल्लेख्य सहभागिता थियो ।

Kabya Triveni 1 1024x768

गुरुकुलका छात्रहरू नवराज र शिशिर लगायत बटुकहरुद्वारा मङ्गल धुन र स्वस्तिवाचनसहित कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै सभाध्यक्षद्वारा कार्यक्रमको औचित्यमाथि प्रकाश पारिएको थियो । लगत्तै प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूद्वारा संयुक्त रूपमा ‘काव्यत्रिवेणी’ काव्यसङ्ग्रहको लोकार्पण गरियो ।
सो अवसरमा लोकार्पण कृतिको चर्चा गर्दै प्रमुख वक्ता एवं समालोचक ठाकुरप्रसाद शर्मा भण्डारी ले ‘काव्यत्रिवेणी’ माथि संक्षिप्त र गहन समीक्षात्मक टिप्पणी गरेका थिए ।

समारोहलाई थप प्रवर्द्धन गर्दै कवि पौडेल विमुन्स, निश्चल पराजुली र राजु अधिकारीले काव्यिक रसास्वादन गराउनका भूमिका खेलेका थिए ।

कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि प्रा. मुकुन्दशरण उपाध्याय ‘विन्दु’ ले लोकार्पित कृतिको सफलताको कामना गर्दै नेपाली साहित्यमा यस प्रकारका सिर्जनाले थप इँटा थप्ने विश्वास व्यक्त गरे ।

पपपपसमारोहमा पंकजप्रकाश नेपाल, आनन्दप्रकाश नेपाल, आयुर्वेदका ज्ञाता एवं साहित्यकार डा. सत्यराज थपलिया र साहित्यिक पत्रकार एवं कवि उमेश पाण्डे लगायतको समेत समुपस्थिति रहेको थियो।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top