जेठ १७, काठमाडौँ ।
मुक्तक विशेष चर्चित रेडियो कार्यक्रम वहकिने मन चलाएर मुक्तक प्रेमीहरुको हृदयमा एकछत्र राज गर्न सफल साहित्यकार स्वर्गीय महावीर विश्वकर्माको स्मृतिमा स्थापित महावीर विश्वकर्मा स्मृति सम्मानबाट मुक्तककार अरुणा श्रेष्ठ अनुलाई हिजो शनिवार एक भव्य समारोहका बीच सम्मान तथा पुरस्कृत गरिएको छ ।
अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने उद्देश्यका साथ मुक्तकालय नेपाल द्वारा स्थापित सो स्मृति सम्मानबाट झापाकी मुक्तककार अरुणा श्रेष्ठ ‘अनुु’लाई नगद रु ५०,००० तथा सम्मानपत्रबाट सम्मानित गरिएको हो । शारीरिक रुपमा अशक्त भएता पनि मुक्तक लेखनको क्षेत्रमा अति शसक्त रहेकी मुक्तककार श्रेष्ठले आफु पुरस्कृत हुँदाको क्षणमा व्यक्त गरेका भावहरुले कार्यक्रमको माहोल भावुक बनेको थियो ।
हेर्नुस् भिडियो
