काेठे बैठकमा ‘मालती’ काे विवेचना

बैशाख ३०, काठमाडाैँ।

नारी साहित्यकारहरूकाे संस्था गुञ्जन नारी साहित्य संस्था द्वारा राजधानीमा अायाेजित काेठे बैठक नामक साहित्यिक कार्यक्रममा ७७ वर्षीया स्रष्टा भागीरथी श्रेष्ठद्वारा लिखित उपन्यास ‘मालती’  माथि विवेचना गरिएको छ।

कार्यक्रममा कृतिकार श्रेष्ठलाई सगुन खुवाएर र दुबोको माला अनि खादा लगाइदिएर सम्मान गरिएको थियो। कार्यक्रममा साहित्यकार सुलोचना मानन्धरले मालती उपन्यासका बारेमा चर्चा गर्नुभएको थियो। साथै उहाँले मालती उपन्यासलाई हीराको संज्ञा दिनुभयो। सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशन गरेको मालतीमा माधव र मालतीलाई प्रमुख पात्र बनाइएको छ। इला श्रेष्ठले भागिरथी श्रेष्ठ लुम्बिनीको मात्र नभएर मुलुककै महत्वपूर्ण स्रष्टा हो भन्नुभयो।

साहित्यकार पद्मावति सिंहले उपन्यास लेख्नु सजिलो काम होइन, यसका लागि धेरै कुराहरुमा ख्याल गर्नुपर्ने बताउनुभयो। उहाँले मालती उपन्यासमा नारीको अन्तर्वेदना झल्किएको बताउनुभयो। आख्यानकार इला श्रेष्ठले उपन्यासका बारेमा थप चर्चा गर्नुभएको थियो। साहित्यकार उषा शेरचनले सम्मानित श्रेष्ठलाई बधाई दिनुभयो र उहाँ शताब्दी महिला हुनुहुनेछ भन्ने आशा गरौँ भन्नुभयो।

अायाेजक संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष राम प्रसाद पन्त, ज्ञाननिष्ठ ज्ञवाली, इल्या भट्टराई, माया ठकुरी, उषा केसी, गीता खत्री, मोतिशोभा श्रेष्ठ, देवकी केसी, डा. गार्गी शर्मा, इन्दिरा दीक्षित, पद्मावति सिंह, गौरी तिमिल्सिना, नरेन्द्र बहादुर श्रेष्ठ, निरु श्रेष्ठ, अमर कीर्तिमानी, विमला तुम्बेखा, हिरण्य कुमारी पाठक, लीला श्रेष्ठ, निरु श्रेष्ठ, गीता रेग्मी, ज्ञानु पाण्डे, अञ्जना ताम्राकार, गंगा कर्माचार्य पौडेल, विन्दु सुवेदी, रजनी ढकाल, हरिस कल्पित, सन्ध्या पहाडी, गोविन्द गिरी प्रेरणा, अरुणा कोइराला, किरण पाठक, उर्मिला डंगोल, रेणुका भट्टराई ‘मञ्जरी’, गीता सापकोटा, मन्दिरा मधुश्री, रीता खत्री, ऋषिराम पाण्डे र अञ्जना पौडेलको सहभागिता रहेको थियो। सुस्मिता नेपालले सो कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top