ॐ पञ्चतत्त्व प्राकृतिक उपचार तथा अकुपञ्चर केन्द्रको समुद्घाटन

-विश्वराज अर्याल

असार ३ , काठमाडौँ,

सरस्कावत नगर काठमाडौँमा स्थापित ॐ पञ्चतत्त्व प्राकृतिक तथा अकुपञ्चर उपचार केन्द्र को समुद्घाटन कार्यक्रम दीप प्रज्वलन, स्वस्तिवाचन तथा शंखनादसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा आयुर्वेद विज्ञ डा. सवरी शाहबाट दीप प्रज्वलन गरिएको थियो भने सरस्वती नगर सुधार सङ्घकी अध्यक्ष सावित्रा बोगटी तथा शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष गम्भीर थापाले संयुक्त रूपमा केन्द्रको समुद्घाटन गर्नुभयो।
समारोहमा पूर्व न्यायाधीश रमेश पोखरेल ,सामाजिक अभियन्ता बचन लामा, डिजिटल साक्षरता अभियान तथा स्मार्ट स्कुल सफ्टवेयर सञ्चालक विश्वराज अर्याल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
केन्द्रको मुख्य उद्देश्य रोगीलाई निरोगी बनाउने तथा निरोगी व्यक्तिलाई रोग लाग्न नदिने रहेको बताइएको छ। केन्द्रमा पञ्चकर्म उपचार, भान्सा सुधार, अकुप्रेसर तथा पञ्चगव्य लगायतका प्राकृतिक उपचार सेवाहरू उपलब्ध गराइनेछ।
कार्यक्रममा योगी साधक तथा काठमाडौँ पतञ्जलीका जिल्ला अध्यक्ष एवं भान्सा सुधार अभियान नेपालका सदस्य किशोर दाहाल, भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहाल, सामाजिक अभियन्ता डा. निकोलस भुसाल, डा. सागरनाथ अधिकारी तथा डा. शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले प्राकृतिक जीवनशैली, आयुर्वेदिक उपचार तथा भान्सा सुधार पद्धतिहरू नै रोगको न्यूनीकरण र निवारणका प्रमुख आधार भएको उल्लेख गर्नुभयो। स्वस्थ जीवनशैलीको प्रवर्द्धनमार्फत समाजलाई निरोगी बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
मन्तव्य कार्यक्रमपछि प्रसादी ग्रहण गरी औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो। साथै दिनभर केन्द्रमा आएका अतिथिहरूले उपचार सेवासमेत अवलोकन तथा प्रयोग गर्नुभएको थियो।
कार्यक्रममा सरिता नन्दिनी, ॐ शान्ति परिवार, ओशो परिवार, ॐ पञ्चतत्त्व परिवार तथा भान्सा सुधार अभियान नेपाल परिवारका सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
समुद्घाटन कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य, भव्य तथा सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति ॐ पञ्चतत्त्व परिवार र भान्सा सुधार अभियान नेपाल परिवारले हार्दिक आभार व्यक्त गरेको छ। साथै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र समर्थनको अपेक्षा राखेको जनाएको छ।सो औपचारिक कार्यक्रमको सहजीकरण पत्रकार कुमार ओझाले गर्नुभएको थियो ।
ओम पञ्चतत्त्व परिवारबाट विशेष प्रकारका राहत प्याकेजहरू पनि सार्वजनिक गरेको छ। जस अन्तर्गत १०००/- तिरेर आजीवन सदस्य बन्नेलाई जीवनभरि सबै सेवामा १५% छुट, ३०० तिर वार्षिक सदस्य बन्नेलाई वर्षभरि १५% सबै सेवामा छुट। दुई जना आए स्ट्रिम बाथमा २८% छुट, त्यसैगरी मसाज थेरापीमा महिनाभरिका लागि २०% छुट हुने व्यवस्था गरिएको छ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top