राजनैतिक मनोविज्ञान भित्रको सही समय

– महेन्द्र चालिसे स्वतन्त्र पत्रकार

सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वले लेखेको एउटा छोटो स्टाटसकहिलेकाहीँ लामो भाषणभन्दा धेरै अर्थपूर्ण हुन्छ । विशेष गरी शक्तिशालीकार्यकारी पदमा रहेको व्यक्तिले “कति समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन ।” भनेर लेख्दा त्यसलाई केवल सामान्यप्रेरणादायी भनाइका रूपमा पढ्न सकिँदैन । उक्त भनाइसँगै थपिएको अर्कोवाक्य “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ ।कहिलेकाहीँ एउटा लडाइँपछि यो पहिले चोट हुन्छ” ले झन् गहिरोराजनीतिक, भावनात्मक र मनोवैज्ञानिक संकेत दिन्छ ।

यो स्टाटसलाई लिएर एउटा सामान्य नागरिकको मनमा स्वाभाविक रूपमाकेही प्रश्न उठ्छन् । के सरकारको नेतृत्वमा पुगेको व्यक्ति आफ्नै प्रणालीसँगसंघर्ष गरिरहेको छ ? के सत्तारुढ राजनीतिक शक्तिहरूभित्र मतभेद वाखटपट छ ? के स्थायी प्रशासन अर्थात् ब्युरोक्रेसीले अपेक्षाअनुसार सहयोगगरेको छैन ? के सुरक्षा संयन्त्र, सेना वा प्रहरीले राजनीतिक नेतृत्वलेचाहेजस्तो सहज रूपमा काम गरेको छैन ? के अदालत वा संवैधानिकसंरचनाबाट पनि आफूले चाहेअनुसार तत्काल सहयोग नपाउँदा प्रधानमन्त्रीनिराश छन् ?

यी सबै प्रश्नको सीधा उत्तर केवल एउटा फेसबुक स्टाटसबाट निकाल्नमिल्दैन । तर राजनीतिक सञ्चारको दृष्टिले हेर्दा यो स्टाटसले “सत्तामा रहेरपनि पूर्ण रूपमा शक्तिशाली हुन नसकेको, संघर्ष गरिरहेको र परिणामकालागि समय कुर्न बाध्य भएको नेतृत्व” को छवि अवश्य निर्माण गर्छ । त्यसैलेयसको सबैभन्दा महत्त्वपूर्ण प्रश्न “प्र म बालेनले के भन्न खोजे ?” मात्र होइन। अझ महत्त्वपूर्ण प्रश्न हो “उनले किन यतिबेला यस्तो भाषामा भन्नआवश्यक ठाने ?”

छोटो स्टाटस, तर लामो सन्देश, “कहिले समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन ।” यो वाक्यको सतही अर्थ निकै सकारात्मकछ । धैर्य राख्नुपर्छ, सही कुरा अन्ततः सही ठाउँमा पुग्छ, न्याय ढिलो हुनसक्छ तर अन्यायपूर्ण हुँदैन यस्तै आशय देखिन्छ । तर यही वाक्य शक्तिमानरहेको कुनै साधारण व्यक्तिले लेख्दा र कार्यकारी शासनको केन्द्रमा रहेकोव्यक्तिले लेख्दा यसको अर्थ फरक हुन्छ । सामान्य नागरिकले यस्तो लेख्दात्यसले व्यक्तिगत संघर्ष, निराशा वा आशावाद व्यक्त गर्न सक्छ । तरप्रधानमन्त्री वा शक्तिशाली राजनीतिक नेतृत्वले यस्तो लेख्दा जनतालेस्वाभाविक रूपमा सोध्छन् “सही समय किन अझै आएको छैन ?”

किनभने प्रधानमन्त्रीको पदलाई सामान्यतः निर्णय गर्ने, निर्देशन दिने, प्रशासनचलाउने र राज्य संयन्त्र परिचालन गर्ने केन्द्रका रूपमा बुझिन्छ । त्यसैलेप्रधानमन्त्री स्वयंले “समय लाग्छ” र “ढिला होला” भन्न थालेपछि त्यसलेउनको शक्तिभन्दा बढी उनको सीमितता देखाउने सम्भावना हुन्छ । यो एउटारोचक विरोधाभास हो राज्य सञ्चालनको सबैभन्दा शक्तिशाली कुर्सीमाबसेको मानिसले समयको प्रतीक्षा गरिरहेको छ । यसले नागरिकलाई यस्तोअनुभूति दिन सक्छ कि प्रधानमन्त्रीसँग इच्छा छ, योजना छ, लडाइँ गर्नेचाहना छ, तर उनीसँग आफूले चाहेअनुसार तुरुन्तै परिणाम निकाल्ने क्षमतावा संस्थागत नियन्त्रण छैन । यही बिन्दुबाट स्टाटसको राजनीतिकमनोविज्ञान सुरु हुन्छ ।

“सही समय” भन्नु भनेको वर्तमान समयप्रति असन्तुष्टि हो । कुनै पनिव्यक्तिले “सही समय आउँछ” भनिरहेको हुन्छ भने अप्रत्यक्ष रूपमा उसलेवर्तमान समय “सही” छैन भनिरहेको हुन्छ । वर्तमान परिस्थिति अनुकूल छैन। शक्ति संरचना अपेक्षाअनुसार काम गरिरहेको छैन । परिस्थितिलेआफूलाई सहयोग गरेको छैन । वा आफूले चाहेको निर्णय लागू गर्नआवश्यक वातावरण बनेको छैन । त्यसैले “सही समय आउनलाई समयलाग्छ” भन्ने अभिव्यक्तिमा एउटा प्रकारको प्रतीक्षा छ । यो प्रतीक्षा केको हो? 

राजनीतिक परिस्थिति अनुकूल हुने प्रतीक्षा ?, प्रशासनिक संरचना आफ्नोगतिमा आउने प्रतीक्षा ?, कानुनी प्रक्रिया पूरा हुने प्रतीक्षा ?, जनमत अझबलियो हुने प्रतीक्षा ?, विरोधी वा अवरोधकारी शक्ति कमजोर हुने प्रतीक्षा ?, सत्य बाहिर आउने प्रतीक्षा ?, आफूले गरेको निर्णय सही थियो भन्ने प्रमाणितहुने प्रतीक्षा ?

स्टाटसले यीमध्ये कुन कुरा हो भनेर खुलाएको छैन । तर अस्पष्टताले नैयसको शक्ति बढाएको छ । जब नेता स्पष्ट रूपमा “मलाई फलानोनिकायले काम गर्न दिएन” भन्दैनन्, तर “वास्तविकता फरक छ” र “समयलाग्छ” भन्छन्, तब जनताले आफ्नै अनुभवका आधारमा खाली ठाउँ भर्नथाल्छन् ।

सामान्य नागरिकले त्यसमा ब्युरोक्रेसी देख्न सक्छ । कसैले सत्तारुढदलभित्रको खटपट देख्न सक्छ । कसैले अदालत वा कानुनी अवरोध देख्नसक्छ । कसैले सुरक्षा निकायको असहयोग देख्न सक्छ । कसैलेराजनीतिक षड्यन्त्र देख्न सक्छ । यसरी एउटा अस्पष्ट स्टाटसले धेरैमानिसलाई आफ्नै निष्कर्ष निकाल्ने ठाउँ दिन्छ । यो राजनीतिक सञ्चारकोएउटा प्रभावकारी तर जोखिमपूर्ण शैली हो ।

“सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्छ”  जनतासँग प्रत्यक्षसंवादको संकेत स्टाटसको दोस्रो महत्वपूर्ण भाग हो । “सुनेको र देखेकोभन्दावास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ ।” यो वाक्यको राजनीतिक अर्थनिकै गहिरो छ । यसले मूलतः भन्न खोज्छ “तपाईंहरूले बाहिरबाट जेदेखिरहनुभएको छ, भित्रको वास्तविकता त्यो होइन ।”

यसको अर्थ नेतृत्वले आफू र जनताको बीचमा एउटा सूचना–अन्तर रहेकोस्वीकार गरिरहेको हुन सक्छ । जनताले देख्छन्ः प्रधानमन्त्री छन् । सरकार छ। मन्त्रीहरू छन् । प्रशासन छ ।  प्रहरी छ । सेना छ । कानुन छ । अदालत छ। संसद् वा अन्य राजनीतिक संरचना छ । सामान्य नागरिकको आँखामा योसबै शक्ति प्रधानमन्त्रीको वरिपरि केन्द्रित देखिन्छ । त्यसैले जनताले सोच्छन्“यदि प्रधानमन्त्रीले चाहे भने किन हुँदैन ?”

तर वास्तविक शासन संरचना त्यति सरल हुँदैन । एउटा प्रधानमन्त्रीसँगराजनीतिक अधिकार हुन सक्छ, तर कानुनी सीमा हुन्छ । निर्देशन दिने शक्तिहुन सक्छ, तर त्यसलाई कार्यान्वयन गर्ने कर्मचारीले कानुनी प्रक्रिया पूरागर्नुपर्छ । राजनीतिक इच्छा हुन सक्छ, तर अदालतको आदेश फरक हुनसक्छ । सुरक्षा निकाय राज्यका नियम र कमान्ड संरचनाभित्र चल्छन् ।गठबन्धन सरकार भए साझेदारहरूको सहमति चाहिन सक्छ ।

त्यसैले “देखेकोभन्दा वास्तविकता फरक छ” भन्नु भनेको सम्भवतःजनतालाई यस्तो सन्देश दिनु हो “मसँग तपाईंहरूले सोचेको जति निरपेक्षशक्ति छैन ।” यही ठाउँमा प्रधानमन्त्रीको स्टाटसले “शक्तिशाली नेता” र“प्रणालीभित्र संघर्षरत व्यक्ति” का दुई छविलाई एकैपटक निर्माण गर्छ ।

के यसले सत्तारुढ दलसँगको खटपट देखाउँछ ? केवल यही स्टाटसकाआधारमा सत्तारुढ दलसँग खटपट छ भनेर निश्चित रूपमा भन्न मिल्दैन ।त्यसो भन्न प्रमाण चाहिन्छ । तर राजनीतिक भाषाको विश्लेषण गर्दा, यदिकार्यकारी नेतृत्वले प्रत्यक्ष रूपमा कसैको नाम नलिएर “लडाइँ”, “समय”, “वास्तविकता” र “चोट” जस्ता शब्द प्रयोग गर्छ भने त्यसले भित्री संघर्षकोअनुभूति भने दिन्छ ।

राजनीतिमा प्रत्यक्ष आरोप लगाउनु सधैं लाभदायक हुँदैन । प्रधानमन्त्रीलेआफ्नो दलकै कुनै पक्ष, गठबन्धनको कुनै शक्ति वा निकट सहयोगीविरुद्धसार्वजनिक रूपमा आरोप लगाए भने सरकारभित्र खुला संकट देखिन सक्छ ।त्यसैले कहिलेकाहीँ नेताहरूले प्रत्यक्ष नभई सांकेतिक भाषामा असन्तुष्टिव्यक्त गर्छन् । “म लडिरहेको छु” भन्ने सन्देशले समर्थकहरूलाई एकीकृतगर्छ । तर “म कससँग लडिरहेको छु” भन्ने कुरा नखुलाउँदा राजनीतिकलचकता पनि कायम रहन्छ ।

यसलाई मनोवैज्ञानिक रूपमा नियन्त्रित अस्पष्टता भन्न सकिन्छ । नेतालेपीडा व्यक्त गरे । तर पीडादायी पात्रको नाम लिएनन् । संघर्ष स्वीकार गरे ।तर प्रतिद्वन्द्वी को हो भनेनन् । ढिलाइ स्वीकार गरे । तर जिम्मेवार को होभनेनन् । यसरी स्टाटसले सत्ताभित्रको असहमतिबाट आफूलाई अलगदेखाउने सम्भावना राख्छ । जनताले यदि सरकारको कामप्रति असन्तुष्ट छन्भने नेता भन्न खोजिरहेको हुन सक्छ “समस्या ममा मात्र होइन, मभित्र रहेकोप्रणाली र परिस्थितिमा पनि छ ।” यो राजनीतिक रूपमा जिम्मेवारीबाट पूर्णपलायन होइन, तर जिम्मेवारीको दायरा फराकिलो बनाउने प्रयास हुन सक्छ।

ब्युरोक्रेसीले नटेरेको सन्देश जान्छ ? यही स्टाटसबाट ब्युरोक्रेसीलेप्रधानमन्त्रीको आदेश मानेन भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन । तरनागरिकको मनोविज्ञानमा त्यस्तो प्रश्न उठ्नु स्वाभाविक छ । नेपालजस्तोप्रशासनिक संरचनामा जनताले प्रायः एउटा अनुभव गर्छन्, राजनीतिक नेतृत्वबदलिन्छ, तर प्रशासनिक संयन्त्रको गति बदलिँदैन । प्रधानमन्त्री फेरिन्छन्, मन्त्री फेरिन्छन्, तर फाइल, प्रक्रिया, कानुनी जटिलता, निर्णयको ढिलाइ रसंस्थागत प्रतिरोध भने कायमै रहन्छ ।

यस्तो अवस्थामा कार्यकारी नेतृत्वले “समय लाग्छ” भन्यो भने जनताले सोध्नसक्छन् “तपाईं प्रधानमन्त्री हुनुहुन्छ भने तपाईंको निर्णय किन समयमै लागूभएन ?” यसको एउटा उत्तर हुन्छ राज्य व्यक्ति होइन, संस्था हो ।प्रधानमन्त्रीले चाहँदैमा सबै कुरा एकैछिनमा हुँदैन । तर जनताको अर्को उत्तरहुन्छ “त्यसो भए तपाईंको शक्ति कहाँ छ ?”

यही प्रश्नले प्रधानमन्त्रीको “असहाय छवि” निर्माण गर्छ । राजनीतिकनेतृत्वले आफूलाई पूर्ण शक्तिशाली देखाउनु र पूर्ण असहाय देखाउनु दुवैजोखिमपूर्ण हुन्छ । पूर्ण शक्तिशाली देखिँदा सबै असफलताको जिम्मेवारीउसैलाई जान्छ । पूर्ण असहाय देखिँदा नेतृत्व क्षमतामाथि प्रश्न उठ्छ ।त्यसैले यस्तो स्टाटस सम्भवतः यी दुई ध्रुवको बीचमा उभिएको छ “मसँगइच्छाशक्ति छ, तर प्रणालीसँग संघर्ष गर्नुपरेको छ ।” यो छवि जनप्रियनेताका लागि उपयोगी पनि हुन सक्छ । किनकि जनताले यस्तो नेतालाईआफूजस्तै पीडित, तर आफूभन्दा बढी संघर्ष गर्ने व्यक्तिका रूपमा देख्नसक्छन् ।

सेना र प्रहरीले सहयोग नगरेको निष्कर्ष निकाल्न मिल्छ ? प्रत्यक्ष रूपमामिल्दैन । स्टाटसमा सेना, प्रहरी वा सुरक्षा संयन्त्रको कुनै उल्लेख छैन ।त्यसैले यस्तो निष्कर्षलाई तथ्यका रूपमा प्रस्तुत गर्नु अनुचित हुनेछ । तरयहाँ एउटा फरक कुरा महत्वपूर्ण छ जनताले किन यस्तो अनुमान गर्न सक्छन्? किनभने “प्रधानमन्त्री असहाय छन्” भन्ने व्यापक अनुभूति बनेपछिनागरिकले राज्यका सबै शक्ति केन्द्रलाई सम्भावित अवरोधका रूपमाकल्पना गर्न थाल्छ । प्रधानमन्त्रीले केही गर्न चाहेका थिए, तर भएन भनेजनताको प्रश्न हुन्छ, “कसले रोक्यो ?” त्यसपछि सम्भावित सूचीमाराजनीतिक दल, मन्त्री, कर्मचारीतन्त्र, प्रहरी, सेना, अदालत, संवैधानिकनिकाय सबै आउन सक्छन् ।

यही कारणले सार्वजनिक नेतृत्वको अस्पष्ट सन्देशले अफवाह र अनुमानकोठाउँ पनि सिर्जना गर्छ । राजनीतिक मनोविज्ञानको हिसाबले हेर्दा, यस्तोस्टाटसले समर्थकलाई “हाम्रो नेता सही छ, तर वरिपरि अवरोध छन्” भन्नेकथानकतर्फ धकेल्न सक्छ ।

यो कथानक धेरै शक्तिशाली हुन्छ । किनकि यसले नेताको नैतिक छविजोगाउँछ । काम भएन भने नेता खराब होइन; “प्रणालीले गर्न दिएन” भन्नेव्याख्या तयार हुन्छ । तर यसको अर्को खतरा पनि छ । यदि यो भावनालाईअत्यधिक बढाइयो भने जनतामा राज्यका संस्थाप्रतिको विश्वास कमजोरहुन सक्छ । प्रधानमन्त्रीले आफू प्रत्यक्ष नभए पनि संकेतकै भरमा “मलाईप्रणालीले काम गर्न दिएन” भन्ने भाव निर्माण गरिरह्यो भने अन्ततः नागरिकलेसम्पूर्ण राज्य संयन्त्रमाथि शंका गर्न थाल्छ ।

अदालत पक्षमा नभएको पीडा पनि हो त ? स्टाटसले अदालतको नामलिएको छैन । त्यसैले यसलाई अदालतविरुद्धको सन्देश भन्न मिल्दैन । तर“वास्तविकता फरक हुन्छ” र “लडाइँपछि चोट हुन्छ” भन्ने अभिव्यक्तिलेकानुनी वा संस्थागत संघर्ष समेत समेट्न सक्ने ठाउँ राख्छ । कार्यकारी नेतृत्वर न्यायिक प्रक्रियाबीच कहिलेकाहीँ स्वाभाविक तनाव हुन्छ । सरकारलेतत्काल निर्णय गर्न चाहन्छ; अदालतले प्रक्रिया, अधिकार र कानुनी वैधताकोपरीक्षण गर्छ । सरकार राजनीतिक परिणाम खोज्छ; अदालत कानुनी आधारखोज्छ । जनताले द्रुत परिणाम चाहन्छन् तर संस्थागत न्याय प्रणालीले समयलिन्छ ।

यस्तो परिस्थितिमा प्रधानमन्त्रीलाई लाग्न सक्छ “म सही काम गर्नखोजिरहेको छु, तर कानुनी र संस्थागत प्रक्रियाले गति रोकेको छ ।” तरलोकतान्त्रिक शासनमा यहीँ एउटा महत्वपूर्ण आत्मनियन्त्रण आवश्यक हुन्छ। प्रधानमन्त्रीले आफूलाई सही ठानेर मात्र पुग्दैन; उसको निर्णय कानुनीरूपमा पनि सही हुनुपर्छ । त्यसैले अदालतको आदेशले कार्यकारीचाहनालाई रोक्यो भने त्यसलाई “सहयोग नगरेको” मात्र भन्न मिल्दैन । यसकारण स्टाटसलाई न्यायपालिकाप्रतिको असन्तुष्टिको प्रत्यक्ष अभिव्यक्तिभन्नुभन्दा “आफूले चाहेको परिणाम र संस्थागत प्रक्रियाबीचको दूरीबाटउत्पन्न निराशा” का रूपमा पढ्नु बढी सन्तुलित हुन्छ ।

“कहिलेकाहीँ एउटा लडाइँपछि यो पहिले चोट हुन्छ”, सबैभन्दा व्यक्तिगतवाक्य । यो स्टाटसको सबैभन्दा भावनात्मक र मनोवैज्ञानिक रूपमा रोचकअंश यही हो । “लडाइँ” र “चोट” दुवै शब्द राजनीतिक भाषामा निकैशक्तिशाली हुन् । यहाँ लडाइँ वास्तविक युद्ध होइन । यो सम्भवतःराजनीतिक, प्रशासनिक, कानुनी, नैतिक वा व्यक्तिगत संघर्षको रूपक हो ।तर “चोट” किन ? लडाइँ गर्ने व्यक्ति सामान्यतः दुईवटा कुरा स्वीकार गर्छ, पहिलो मसँग कुनै प्रतिद्वन्द्वी वा अवरोध छ । दाश्रो यो संघर्षमा म पनि पीडितभएको छु ।

यसले प्रधानमन्त्री बालेनलाई केवल शासक होइन, संघर्षरत मानिस बनाउँछ। यही मनोवैज्ञानिक परिवर्तन महत्वपूर्ण छ । प्रधानमन्त्री शब्द सुन्दा शक्तिसम्झिन्छौँ । तर “चोट खाएको लडाकु” सुन्दा सहानुभूति पैदा हुन्छ ।सम्भवतः यही स्टाटसको भावनात्मक शक्ति हो ।

यसले जनतालाई भन्न खोजिरहेको हुन सक्छ “तपाईंहरूले बाहिरबाट मलाईशक्तिशाली देख्नुहुन्छ, तर यो स्थानमा पुगेर पनि म संघर्ष, दबाब र चोटबाटमुक्त छैन ।” यो कथन साँचो पनि हुन सक्छ, रणनीतिक पनि हुन सक्छ, वादुवै हुन सक्छ । मानिसको वास्तविक भावनात्मक पीडा र राजनीतिक सञ्चारएकअर्काका विरोधी कुरा होइनन् । एउटा नेता साँच्चै थाकेको, निराश वापीडित हुन सक्छ; त्यही वास्तविक भावनालाई उसले राजनीतिक रूपमा पनिव्यक्त गर्न सक्छ ।

प्रधानमन्त्रीको सम्भावित मनोवैज्ञानिक अवस्थाः के के अनुमान गर्न सकिन्छ ? यहाँ एउटा सीमा स्पष्ट हुनुपर्छ केवल फेसबुक स्टाटसका आधारमा कुनैव्यक्तिको मानसिक अवस्था, व्यक्तित्व वा मनोवैज्ञानिक निदान निश्चित गर्नमिल्दैन । त्यसैले “प्रम बालेनको मनोविज्ञान यस्तो नै छ” भनेर ठोकुवा गर्नुवैज्ञानिक हुँदैन । तर अभिव्यक्तिबाट केही सम्भावित मनोवैज्ञानिक प्रवृत्तिविश्लेषण गर्न सकिन्छ ।

पहिलोः निराशाभित्र आशा जोगाउने प्रयास । “ढिला होला, तर गलत हुँदैन”भन्ने वाक्यमा निराशा पनि छ, आशा पनि छ । यदि सबै कुरा सहज भइरहेकोभए “ढिला होला” भन्न आवश्यक पर्ने थिएन । ढिलाइको स्वीकारोक्ति छ।तर त्यससँगै “गलत हुँदैन” भनेर भविष्यप्रति विश्वास कायम गरिएको छ । योसम्भवतः आत्म प्रेरणाको भाषा पनि हो । नेता जनतालाई मात्र होइन, कहिलेकाहीँ आफैंलाई पनि सम्झाइरहेको हुन्छ “अहिले कठिन छ, तरअन्ततः परिणाम आउँछ ।” राजनीतिक दबाबमा यस्तो आत्म आश्वासनस्वाभाविक हुन्छ ।

दोस्रोः आफूलाई पीडितभन्दा बढी “संघर्षकर्ता” देखाउने चाहना । स्टाटसले“म हारें” भनेको छैन । “म असफल भएँ” भनेको छैन । “मलाई कसैलेसहयोग गरेन” भनेर प्रत्यक्ष गुनासो पनि गरेको छैन । बरु “लडाइँ”, “समय”, “चोट” जस्ता शब्द छनोट गरेको छ । यसले एउटा योद्धा जस्तो आत्मछविनिर्माण गर्छ । अहिले चोट लागेको छ, तर लडाइँ सकिएको छैन । योराजनीतिक रूपमा धेरै उपयोगी मनोवैज्ञानिक फ्रेम हो । पराजित नेताकमजोर देखिन्छ । तर घाइते लडाकु सहानुभूतिपूर्ण र प्रेरणादायी देखिनसक्छ ।

तेस्रोः प्रत्यक्ष टकरावभन्दा सांकेतिक अभिव्यक्ति । नाम नलिनु आफैंमाराजनीतिक निर्णय हुन सक्छ । यदि उनले कसैलाई प्रत्यक्ष दोष दिन्थे भनेतत्काल विवाद उत्पन्न हुन सक्थ्यो । तर सांकेतिक भाषा प्रयोग गर्दासमर्थकले आफूअनुकूल अर्थ लगाउन सक्छन् । यो मनोवैज्ञानिक रूपमाभावनाको अभिव्यक्ति र राजनीतिक नियन्त्रणबीच सन्तुलन हो । उनीभित्रअसन्तुष्टि छ भने पनि त्यसलाई विस्फोटक रूपमा होइन, काव्यात्मक रसांकेतिक रूपमा सार्वजनिक गरिएको देखिन्छ ।

उनले किन यस्तो लेखे होलान् ? यसको एउटै कारण हुनुपर्छ भन्ने छैन ।सम्भावित रूपमा धेरै कारण एकैपटक काम गरिरहेका हुन सक्छन् ।

(क) जनतालाई अग्रिम रूपमा तयार पार्न । यदि कुनै अपेक्षित परिणामतुरुन्तै आउँदैन भने नेता पहिले नै जनतालाई “धैर्य गर” भन्ने सन्देश दिनचाहन्छ । “समय लाग्छ” भन्नु जनताको अपेक्षा व्यवस्थापन गर्ने राजनीतिकविधि पनि हो ।

(ख) समर्थकलाई भावनात्मक रूपमा सक्रिय राख्न । जब नेता शक्तिशालीदेखिए पनि संघर्षरत देखिन्छ, समर्थकहरूमा “नेतालाई साथ दिनुपर्छ” भन्नेभावना बढ्न सक्छ । यसले व्यक्तिगत समर्थनलाई राजनीतिक समर्थनमाबदल्न सक्छ ।

(ग) बाहिरी आलोचनाको उत्तर दिन । सायद जनताले सोधिरहेका छन् “किनभएन ?” यसको प्रत्यक्ष उत्तर नदिई स्टाटसले भन्छ “तपाईंले देखेकोभन्दाभित्रको वास्तविकता फरक छ ।” अर्थात् आलोचनाको भावनात्मक उत्तर ।

(घ) आफ्नो नैतिक पक्ष जोगाउन । यदि कुनै काम ढिलो भयो भने दोषनेतृत्वमाथि जान सक्छ । तर नेता यदि निरन्तर “म लडिरहेको छु” भन्ने छविबनाउन सफल भयो भने असफलताको सम्पूर्ण दोष उसमाथि मात्र पर्दैन ।

(ङ) वास्तविक व्यक्तिगत थकान वा चोट । राजनीति केवल रणनीति होइन ।नेतृत्व गर्ने मानिस पनि मानिस हो । लगातार दबाब, आलोचना, अपेक्षा, षड्यन्त्रको शंका, संस्थागत प्रतिरोध र व्यक्तिगत आक्रमणले भावनात्मकथकान पैदा गर्न सक्छ । त्यसैले यो स्टाटस रणनीतिक मात्र नभई साँच्चैभावनात्मक थकानको क्षण पनि हुन सक्छ ।

सामान्य नागरिकलाई किन “प्रधानमन्त्री असहाय छन्” भन्ने सन्देश जान्छ ? यहां  उठ्नसक्ने सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो । हो, यो स्टाटस पढ्दाएउटा सामान्य नागरिकको मनमा प्रधानमन्त्री अपेक्षाअनुसार शक्तिशालीछैनन्, उनीमाथि पनि केही अवरोध छन् र उनी कुनै न कुनै प्रकारको संघर्षमाछन् भन्ने सन्देश जान सक्छ ।

किन ? किनकि नागरिकले शक्तिको अर्थ सरल रूपमा बुझ्छ , प्रधानमन्त्रीलेचाह्यो भने जे पनि हुन्छ । तर प्रधानमन्त्रीले “समय लाग्छ”, “वास्तविकताफरक छ” र “लडाइँपछि चोट हुन्छ” भन्यो भने नागरिकले सोच्न सक्छ“त्यसो भए उहाँले चाहे पनि किन हुँदैन ?” यही प्रश्नबाट असहायताको छविनिर्माण हुन्छ । तर यो पूर्ण असहायता होइन । बरु सीमित शक्तिको अनुभूतिहो ।

आधुनिक लोकतान्त्रिक राज्यमा प्रधानमन्त्री सर्वशक्तिमान हुँदैन । कानुन, संविधान, संसद्, अदालत, प्रशासन, राजनीतिक दल, सुरक्षा संरचना, जनमतर अन्तर्राष्ट्रिय परिस्थितिले पनि निर्णयलाई प्रभावित गर्छ । त्यसैले यथार्थमाप्रधानमन्त्रीको शक्ति सीमित हुनु कमजोरी होइन; लोकतान्त्रिक नियन्त्रणकोहिस्सा पनि हो ।  तर राजनीतिक सञ्चारमा यो कुरा कसरी प्रस्तुत हुन्छ भन्नेमहत्वपूर्ण हुन्छ । यदि नेताले बारम्बार “म चाहन्छु, तर गर्न सक्दिनँ” भन्ने भावसिर्जना गर्छ भने जनताले अन्ततः सोध्न सक्छन् “तपाईं नेतृत्वमा किन हुनुहुन्छ?” यहीँ यस्तो स्टाटसको राजनीतिक जोखिम छ ।

यसमा एउटा सम्भावित रणनीति पनि छ “पीडित तर दोषी होइन” भन्ने छवि ।राजनीतिमा नेताहरूले प्रायः तीनमध्ये एउटा छवि बनाउँछन्, पहिलोः विजेता। म गर्छु, मैले गरें। ” दोस्रोः उद्धारकर्ता । देश संकटमा छ, म समाधान गर्छु।” तेस्रोः संघर्षरत पीडित । “म सही काम गर्न खोजिरहेको छु, तरशक्तिशाली अवरोधहरूसँग लडिरहेको छु ।”

यो स्टाटस तेस्रो छवितर्फ झुकेको देखिन्छ । तर यसको फाइदा के हो ? यदिपरिणाम आएन भने पनि समर्थकले भन्न सक्छन् “उहाँको गल्ती होइन, उहाँलाई काम गर्न दिइएन ।”

यसको जोखिम के हो ? यदि लामो समयसम्म यही कथा दोहोरियो भनेजनताले भन्न सक्छन् “लडाइँ गरिरहनुभएको छ भने जित्ने कहिले ?” राजनीतिक रूपमा सहानुभूति प्रारम्भिक चरणमा शक्तिशाली हुन्छ । तरदीर्घकालमा जनताले परिणाम माग्छन् । त्यसैले यस्तो स्टाटसले तत्कालसहानुभूति दिन सक्छ, तर भविष्यमा परिणाम नआए यही वाक्य नेतृत्वमाथिप्रश्न बन्न सक्छ ।

“वास्तविकता फरक छ” भन्ने वाक्य सबैभन्दा ठूलो खतरा । यो वाक्यलेनेतृत्वलाई एउटा सुविधा दिन्छ सबै कुरा सार्वजनिक रूपमा भन्नु पर्दैन । तरयसले समस्या पनि सिर्जना गर्छ । यदि नेता बारम्बार “भित्रको कुरातपाईंहरूले बुझ्नुभएको छैन” भन्न थाल्यो भने जनताले अन्ततः प्रमाण माग्छन्। लोकतन्त्रमा नेतृत्वको दाबी मात्र पर्याप्त हुँदैन ।

“म सही छु” भन्दा पर्याप्त हुँदैन । “मलाई काम गर्न दिइएन” भन्दा पनिपर्याप्त हुँदैन । जनताले जान्न चाहन्छन्, समस्या के हो ?, कसले रोकिरहेकोछ ?, कानुनी अवरोध हो कि प्रशासनिक ?, राजनीतिक असहमति हो किसंस्थागत प्रक्रिया ?, समाधानका लागि सरकारले के गरिरहेको छ ? त्यसैलेरहस्यमय वा सांकेतिक सन्देशले भावनात्मक समर्थन त बनाउन सक्छ, तरशासन सञ्चालनका लागि अन्ततः स्पष्टता र उत्तरदायित्व चाहिन्छ ।

प्रम बालेनको स्टाटसले यो निष्कर्ष निकाल्न सकिन्छ कि यो उनकोकमजोरीको स्वीकारोक्ति मात्र होइन, संघर्षको राजनीतिक कथा पनि हो ।प्रधानमन्त्री बालेनको यो छोटो स्टाटसलाई एउटै अर्थमा बाँध्नु गलत हुन्छ ।यसबाट सत्तारुढ दलसँग खटपट छ, ब्युरोक्रेसीले टेरेको छैन, सेना वा प्रहरीलेसहयोग गरेको छैन, अदालत पक्षमा छैन भनेर निश्चित निष्कर्ष निकाल्नपर्याप्त आधार छैन । ती सबै सम्भावना हुन सक्छन्, तर यो स्टाटस मात्रप्रमाण होइन ।

तर अर्को कुरा भने स्पष्ट छ यो स्टाटसले त्यस्ता प्रश्न उठ्ने पर्याप्तमनोवैज्ञानिक र राजनीतिक ठाउँ बनाएको छ । यसमा प्रधानमन्त्रीको छवि“सबै कुरा नियन्त्रणमा राख्ने सर्वशक्तिमान शासक” को होइन । बरु आफूलेसही ठानेको बाटोमा हिँड्न खोजिरहेको, तर समय, परिस्थिति र अदृश्य वानखुलाइएका अवरोधसँग जुधिरहेको व्यक्तिको रूपमा प्रस्तुत भएको छ ।मनोवैज्ञानिक रूपमा यसमा निराशा छ, तर निराशासँगै आशा छ । चोट छ, तर हार स्वीकार गरिएको छैन। ढिलाइ छ, तर भविष्यप्रतिको विश्वास छ।प्रतिरोध छ, तर प्रतिद्वन्द्वीको नाम छैन । सायद यही कारणले यो स्टाटसप्रभावकारी बनेको हो ।

अन्ततः यसको मूल सन्देश सम्भवतः यस्तो छ “म अहिले सबै कुरा गर्न सक्नेअवस्थामा छैनँ भन्ने तपाईंहरूलाई लाग्न सक्छ । वास्तविकता तपाईंहरूलेदेखेभन्दा जटिल छ । म संघर्ष गरिरहेको छु, त्यसमा चोट पनि लागेको छ ।तर म हार मानेको छैन । सही ठानेको परिणाम आउन समय लाग्ला, तर मत्यसको प्रतीक्षामा मात्र होइन, त्यसका लागि लडिरहेको छु ।” तर यहीसन्देशले प्रधानमन्त्रीमाथि अर्को ठूलो जिम्मेवारी पनि थप्छ । किनकि “समयलाग्छ” भनेर  जनतालाई धैर्य गर्न आग्रह गरेपछि एक दिन समय सकिँदापरिणाम देखाउनैपर्छ । राजनीतिमा संघर्षको कथा लामो समयसम्मलोकप्रिय हुन सक्छ, तर शासनको अन्तिम परीक्षा कथाले होइन परिणामलेगर्छ ।

त्यसैले यो स्टाटसलाई केवल प्रधानमन्त्रीको असहायताको अभिव्यक्ति भनेरबुझ्नु अधुरो हुन्छ । यो असहायता र प्रतिरोध, निराशा र आशा, व्यक्तिगतपीडा र राजनीतिक रणनीति, जनसहानुभूति र संस्थागत सीमाबीचको एउटामिश्रित सार्वजनिक अभिव्यक्ति हो । प्रधानमन्त्रीले किन यस्तो लेखे भन्नेप्रश्नको सबैभन्दा सन्तुलित उत्तर पनि सायद यही हो उनी जनतालाई आफूहारिरहेको छैन, तर सजिलोसँग जितिरहेको पनि छैन भन्ने अनुभूति गराउनचाहिरहेका छन् ।

२०८३ साउन २४ गते आइतवार, एकादशी

विकल निवास

आरुबारी

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top