घुम्ती प्रतिभा २०८३ चयन


घुम्ती कवि गोष्ठी नेपालले हरेक वर्ष अर्पण गर्दै आएको तीन पुरस्कारलाई निरन्तरता दिदै २०८३ को लागि तीन प्रतिभा चयन गरेको छ । जस अनुसार साहित्यकारहरु ठाकुर शर्मा भण्डारीलाई घुम्ती बलभद्र टेक कुमारी छन्द साधना सम्मान २०८३,वेदमणि घिमिरेलाई घुम्ती नालाङ्ग काव्य सम्मान २०८३ र चन्द्रा न्यौपानेलाई घुम्ती रमा बद्री काव्य सम्मान २०८३ अर्पण गरिने भएकोछ । घुम्ती कवि गोष्ठी नेपालको कार्य समिति बैठकले साहित्यकार दुर्गा अधिकारी भमरकोटे संयोजक संस्थाका कोषाध्यक्ष रामचन्द्र दाहाल र साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको तीन सदस्यीय प्रतिभा चयन समितिको सिफारिसमा सो निर्णय गरेको थियो । अध्यक्ष माधवलाल श्रेष्ठ ,उपाध्यक्ष त्रिलोचन आचार्य र सदस्य विमल अर्यालले स्थापना गर्नुभएको सो पुरस्कारहरुमा नगद दश हजार सहित सम्मानपत्र रहेको घुम्तीका पूर्व अध्यक्ष परशुराम परासरले बताउनुभयो । सो पुरस्कार आगामी भदौ १४ गते आइतबार संस्थाको तेस्रो साधारण सभाको अवसरमा अर्पण गरिने सचिब घनश्याम प्रसाइंले जानकारी दिनुभयो । घुम्ती कवि गोष्ठी नेपालले बिगत १४ वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार विभिन्न फरक फरक ठाउँमा घुम्ती कवि गोष्ठी गर्दै आएको छ ।

Follow Us
2Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 115

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।