कविता 

शासकका पारा 

-डिल्लीप्रसाद घिमिरे

निलकण्ठ १४,धुवाँकोट धादिङ

जस्तो देखें त्यस्तै लेखें मेरो के को दोष,

प्रधानमन्त्री बोल्ने गर विवेक पुर्याई होस्।

देशमा आउँछन् कहिले कहिले कस्ता शासक!

अरू देशको सिमाना हामीले मिच्या छौँ भन्ने नाशक।।

प्रभूहरूलाई खुसिपारी आफू रमाउने,

वैदेशिक ऋणको भार देशलाई थमाउने।।

जनता पनि अन्धभक्त जे गर्दा नी ठिक छ,

पुरानाको नाम काम सुन्दा पनि दिक्क छ।।

नयाँ भनिने शासकको नी देखिँदै छ पारा,

सुकुमबासी रुदै छन् है देशभित्रका सारा।।

महँगीले आकाश छोयो सङ्कट बढ्दै गा छ 

नयाँ भन्ने सरकारसँग पनि आशा टुट्दै गाछ।।

जो आएनी उस्तै छ है हाम्रो देशको पारा,

सुशासन र प्रगति त कागजका नारा।।

कानुन बन्ने ठूलो ठाउँमा विवादको खेती,

पहिला देखि बानी लाग्यो चर्को स्वरको रेती।।

संसदभित्र धक्का मुक्का लछारपछार चल्ने,

काम गर्नु कहाँ छ कहाँ ? भत्ता चाहिँ फल्ने।।

Follow Us
0Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 115

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।