२०८३ बैशाख २०/काठमाडौँ।
शनिबार झपेन्द्र वैद्यकृत ‘अझै पानी चल्दैन’ विमोचन भएको छ।प्यूठान घर भई हाल काठमाडौँको वनस्थलीमा बसोबास गर्नुहुने र हिँडडुल गर्न नसक्ने अवस्थामा रहनुभएका वैद्यको आफ्नै निबासमा छरितो सहभागी समूहका बीच उक्त पुस्तक विमोचन भएको हो।
प्रमुख अतिथि पूर्व प्रशासक हुम प्रसाद अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष अतिथि श्रीराम पुडासैनी र अमर कीर्तिमानी रहनुभएको थियो भने अतिथिमा घनश्याम गिरी रहनुभएको थियो। प्रमुख अतिथिको तर्फबाट हुम प्रसाद अधिकारीले प्रस्तुत पुस्तक समाज परिवर्तनका लागि एउटा आधार बन्नसक्ने कुरा बताउदै कृतिकारलाई अझ सशक्त रुपमा कलम चलाउन सुझाउनुभएको थियो भने विशेष अतिथि श्रीराम पुडासैनीले साहित्य लेखनमा कृतिकार झपेन्द्रराज वैद्यले उल्लेखनीय योगदान गर्नुभएको कुरा बताउनुहुँदै उहाँको सुस्वास्थ्यको कामना गर्नुभएको थियो।
त्यस्तै अर्का विशेष अतिथि अमर कीर्तिमानीले आफू कुनै बखत दलित मन्त्रीको सचिवालयमा काम गर्दा दलित सहकर्मीहरुका बीचमा आत्मीयता साटासाट गरी खानपान र बसउठ गर्दा कुनै संकोच वा अप्ठेरो नपरेको र संविधानको अक्षरशः पालना गरेको कुरा बताउनुभएको थियो भने अतिथि घनश्याम गिरीले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रमको शुरुमा स्वागत मन्तव्य दिनुभएका ८२ वर्षीय कृतिकार झपेन्द्रराज वैद्यले अन्त्यमा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। पुस्तकमा लघुकथा २७ र कविता ३ वटा समावेश छन्। पुस्तकको प्रकाशक शब्दार्थ प्रकाशन रहेको छ।
Follow Us



