घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई पवन आलोक नियात्रा सम्मान प्रदान गरिने

नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान’–२०८२ वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार तथा ‘पवन आलोक नियात्रा सम्मान’ २०८३ अर्का वरिष्ठ नियात्राकार नरेन्द्रराज पौडेललाई प्रदान गर्ने निर्णय सार्वजनिक गरेको छ ।
पवन आलोक नियात्रा सम्मान प्रदान गर्नका लागि पवन आलोक नियात्रा सम्मानका संरक्षक पवन आलोक, नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाइँ र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन सदस्य रहेको सिफारिस समितिको सिफारिसको आधारमा सो सम्मान प्रदान गर्ने निर्णय भएको नियात्रा समाजले जनाएको छ ।
नियात्रा समाज नेपालका अध्यक्ष चापागाईका अनुसार सो सम्मान कार्यक्रम २०८३ कात्तिक २९ गते एक समारोहवीच काठमाडौंमा गरिने जनाइएकाेछ ।


Follow Us
2Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 116

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।