अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को नाम अब ‘सिर्जना डबली’, समीर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं, जेठ ३१ गते ।

विचार, सिर्जना र परिवर्तनको यात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को प्रथम भर्चुअल राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। ऐतिहासिक महत्त्व बोकेको यस सम्मेलनले संस्थाको नाम परिवर्तन गरी अबदेखि ‘सिर्जना डबली’ राख्ने सर्वसम्मत निर्णय गरेको छ।

वि.सं. २०७३ वैशाख २३ गते स्थापना भएको यस संस्थाको सम्मेलनको उद्घाटन वरिष्ठ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुरीले सामन्तवाद र साम्राज्यवादविरुद्ध सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई अझ फराकिलो रूपमा संगठित गर्न ‘सिर्जना डबली’ को अपरिहार्यता रहेको बताउनुभयो।

शुभकामना आदानप्रदान

साँझ ६ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा विभिन्न भ्रातृ तथा वैचारिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। शुभकामना दिनेहरूमा:

 मनोज भट्ट (संस्थाका सल्लाहकार)

 भैरव रेग्मी (अफ्फाका अध्यक्ष)

 मीना पुन (अने महिला संघकी अध्यक्ष)

 सुवास जिसी (अखिल छैटौंका अध्यक्ष)

 सप्तमान बुढाथोकी (अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष)

 निम बुढाथोकी (अने जनजाति सम्मेलनका अध्यक्ष)

 लक्ष्मणदेव पाण्डे (अन्लाका महासचिव)

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष समीर सिंहले गर्नुभएको थियो भने सञ्चालन महासचिव भिष्म जोशी र स्वागत मन्तव्य उपाध्यक्ष रामदेव पाण्डेले राख्नुभएको थियो।

बन्द सत्र र प्रतिवेदन पारित

सम्मेलनको दोस्रो सत्र (बन्द सत्र) लक्ष्मणदेव पाण्डे, मीना पुन र रामदेव पाण्डे सम्मिलित अध्यक्षमण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्षमण्डलका सदस्य लक्ष्मणदेव पाण्डेले सञ्चालन गर्नुभएको उक्त बन्द सत्रमा विभिन्न महत्त्वपुर्ण प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए:

 घोषणापत्र तथा संगठनात्मक प्रतिवेदन: समीर सिंह

 विधान संशोधन प्रस्ताव: प्रकाश थापामगर

 आर्थिक प्रतिवेदन: जगतप्रसाद रेग्मी

प्रतिनिधिहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई समावेश गर्दै सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको थियो। सम्मेलनले पारित गरेको परिमार्जित विधानअनुसार सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध सिर्जनात्मक क्षेत्रमा सक्रिय जुनसुकै देशका नागरिकले यस संस्थाको सदस्यता लिन सक्नेछन्। साथै, ‘सिर्जना डबली’ कुनै पनि राजनीतिक दलको जनवर्गीय संगठन नभएको कुरा विधानमै स्पष्ट गरिएको छ।

सम्मेलनले समीर सिंहको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा प्रदीप प्रधान (काठमाडौं), जगतप्रसाद रेग्मी (दैलेख) र कल्पना पौडेल ‘जिज्ञासु’ (बाँके) चयन हुनुभएको छ। महासचिवमा भिष्म जोशी (बैतडी) तथा सचिवमा मीन राना (युके), तारामणी न्यौपाने (कञ्चनपुर) र वैरागी जेठा (काठमाडौं) चयन हुनुभएको छ। कोषाध्यक्षमा ऋतु केसी (काठमाडौं) तथा सचिवालय सदस्यमा प्रकाश थापा (गुल्मी), जीवनारायण खनाल (अर्घाखाँची) र रामप्रसाद गैरे (पाल्पा)

यसैगरी बैठकले २७ जना केन्द्रीय सदस्यहरूको चयन गरेको छ भने दुई पद हाललाई रिक्त राखिएको छ।
केन्द्रीय सदस्यहरू:

मनीराम खनाल (दाङ), अजय गिरी (कालीकोट), प्रेम गायक (कास्की), कमल कार्की (पाँचथर), गुरुप्रसाद कुमाल (दाङ), भक्त विश्वकर्मा (दैलेख), धनवीर पुन (प्युठान), सुमन थापा ‘सङ्गम’ (काठमाडौं), केशव निमेष (बाँके), नभ प्रगति (बझाङ), ध्रुव गिरी (प्युठान), खुमीराम भण्डारी (साउदी अरब), जीविका ‘अश्रु’ खतिवडा (सिक्किम, भारत), नवीन बस्याल (जापान), भोला ढकाल (गोरखा), समष्टि बुढा (रुकुम पश्चिम), मेरजङ्ग शाही (कैलाली), कृष्ण भुसाल (अर्घाखाँची), लक्ष्मण बेल्बासे (काठमाडौं), ईश्वरी भट्ट (कञ्चनपुर), दीप गोले (रौतहट), विनिता देवकोटा (गोरखा), सीता मगर (रुकुम पश्चिम), अञ्जना श्रेष्ठ मास्के (कपिलवस्तु), विरेन्द्र भण्डारी (बैतडी), मदन पाण्डे (दाङ), र टीका सङ्गम विक (बागलुङ)।सल्लाहकार मण्डल गठन

संस्थालाई वैचारिक र सांगठनिक मार्गदर्शन दिनका लागि ७ सदस्यीय सल्लाहकार मण्डल गठन गरिएको छ। सल्लाहकारहरूमा रामप्रकाश पुरी, मनोज भट्ट, प्रा.डा. श्रीधर गौतम, तुलप्रसाद विक ‘राजेश’, रामदेव पाण्डे, गिरीप्रसाद बुढा र लक्ष्मणदेव पाण्डे रहनुभएको छ।

‘बाल सिर्जना डबली’ को स्थापना

१६ वर्षमुनिका बाल स्रष्टाहरूलाई देशैभरिबाट संगठित गर्ने र उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ ‘बाल सिर्जना डबली’ समेत गठन गरिएको छ।

जसको संयोजकमा ममता रावत (बाँके) चयन हुनुभएको छ भने सदस्यहरूमा सान्वी जोशी (बैतडी), हितेश पौडेल (बाँके), सङ्घर्ष न्यौपाने (काठमाडौं), स्पर्श अधिकारी (काठमाडौं), समृद्धि प्याकुरेल (बाँके), शिशिर पराजुली (काठमाडौं), दिपिसा महतारा (बाँके), दिक्षा महतो (बाँके) र अग्रिम सापकोटा (बाँके) रहनुभएको छ।

यो ऐतिहासिक सम्मेलनले नेपालको प्रगतिशील साहित्यिक आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने तथा देश–विदेशमा छरिएर रहेका सम्पूर्ण स्रष्टाहरूलाई एउटै साझा सिर्जनात्मक मञ्चमा आबद्ध गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top