मुक्तकालय नेपालकाे अन्तरक्रिया कार्यक्रम

१४ कार्तिक,काठमाडाैँ ।

मुक्तक विधाकाे उन्नयनमा अनवरत काम गर्दै अाएकाे मुक्तकालय नेपालले आफ्ना विशिष्ट एवम् आजीवन सदस्यहरूकाे सहभागितमा आयोजना गरेको तिहार, नेपाल सम्बत तथा छठपर्वको शुभकामना आदानप्रदान, मुक्तक वाचन तथा अन्तरक्रिया कार्यक्रम हिजाे राजधानीमा सम्पन्न गरेकाे छ ।

कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्यहरूसहित ३५ जना सदस्यहरूको उपस्थिति थियो । ८१ जना सदस्य रहेकाे संस्थामा विविध कारणबस उपस्थित हुन नसकेका अन्य सदस्यहरूलाई अर्को यस्तै कार्यक्रममा समेट्ने वताइएकाे साे कार्यक्रममा मुक्तकालय नेपालकी अध्यक्ष निलाञ्जला भारद्वाजज्यूको स्व. ससुरबुवाको स्मृतिमा श्रद्धान्जली स्वरूप १ मिनेटको मौन धारण गरियो l

कार्यक्रममा अध्यक्ष भारद्वाजले मुक्तकालय नेपालबाट आजसम्म भएगरेका कार्यहरूको छोटो विवरणका साथै भावी कार्ययोजनाको बारेमा पनि छोटो जानकारी पनि दिनुभयो । त्यसैगरी सहभागी सदस्यज्यूहरूबाट “यस्ता सार्थक कार्यक्रमहरू मुक्तकालय नेपालबाट हुँदै गरेमा संस्था तथा सदस्यहरू बीचको सद्भावना एवम् सार्थकता अझ दृढ बन्ने” मनसायका सल्लाह, सुझावहरू प्रदान गरिएकाे थियाे । विशेष गरेर नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष, मानार्थ सदस्य श्री रामकाजी कोने, विशिष्ट सदस्यहरू उदास कार्की, प्रमोद नेपाल, आरपी पुरी, श्याम माकाजु लगायतका सहभागीहरूका मननीय सुझावहरूलाई टिपोट गरिएकाे थियो ।

कोही सभापति तथा प्रमुख वा अन्य कुनै विशिष्ट अतिथिको भूमिका नरहेको साे कार्यक्रममा सहभागीले शुभकामना आदानप्रदान तथा ३/३ वटा मुक्तक वाचन गरेका थिए । हस्यौली मुक्तकहरू सहितका निक्कै रमाइला तथा गहकिला मुक्तक वाचनले माहोललाई न्यानो मात्रै होइन, अविष्मरणीय पनि बनेको सहभागी स्रष्टा प्रमाेद नेपालले शब्दसराेवर डटकमलाई बताउनुभएकाे छ ।

Follow Us
4Shares
Shabdasarovar
Shabdasarovar
Articles: 59

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।