लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव सम्पन्न

असोज १९, काठमडौँ

“वाङ्मय उन्नयनकाे साझा चाैपारी” भन्ने मूल मन्त्रका साथ नेपाली वाङ्मयकाे क्षेत्रमा स्थापित लोमश वाङ्मय प्रतिष्ठानले अाफ्नाे स्थापनाकाे दोस्रो वार्षिकोत्सव समाराेह भव्यताका साथ सम्पन्न गरेकाे छ । साे अवसरमा प्रतिष्ठानले स्रष्टा सम्मान अर्पण तथा बइँसेरी २ र कृष्ण कोपिलाकृत उसको अतीत कृति लोकार्पण गरेको छ ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कुसुमाकर न्यौपाने लगायत मञ्चासीन अतिथिहरूले दीप प्रज्वलन गरी प्रतिष्ठानको वार्षिकोत्सव तथा लोकार्पण समारोहको समुद्घाटन गर्नुभएको थियो ।

 dsc7094

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, होटल व्यवसायी महासङ्घका अध्यक्ष टी.आर. भण्डारी र नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य-सचिव डा. धनप्रसाद सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समारोहमा लोकप्रसाद काफ्ले, समीर शाह,चक्र दवाडी, रमेश रुपाखेती नरेन्द्र वज्राचार्य, नीलकण्ठ तिवारी, केशव नेपाल, जगन्नाथ खतिवडा र डी.पी. ढकाल लगायतका विद्वान् तथा वक्ताहरूले लेखक कुसुम कोइरालाको लेखनशैली, कृतिमा समेटिएका अनुभूति र योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

dsc08861

कार्यक्रममा लेखक कृष्ण ‘कोपिला’ ले आफ्नो साहित्यिक यात्रा र कृति सिर्जनाका भोगाइहरू प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमका सम्मानित व्यक्तित्व युवराज इटनीका बारेमा जयराम बिडारीले प्रकाश पारेका थिए । डा. सावित्री श्रेष्ठको धारणाले कार्यक्रममा थप रौनकता ल्याएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व युवराज इटनीले लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफू सगरमाथाको शिखर चढेको जस्तो गौरव गरेको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

लोमस वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा समाज तथा साहित्यका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने कौशल इङ्लिस बोर्डिंग स्कुल,हिम रश्मि हाई स्कुल,रानीबन तेल उद्योग स्नोई होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन लाई ‘कदर पत्र’ प्रदान गरियो । सोही समारोहमा संस्थाका नयाँ आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका सचिव तथा माइण्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लवद्वारा सहजीकरण गरिएको कार्यक्रममा सयौंका संख्यामा साहित्यकार तथा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।

Follow Us
7Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 115

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।