राजेश ढुंगानाको कवितासङ्ग्रह ‘मुटु फलाम भएर’ लोकार्पित


जेठ ३०, काठमाडौँ

अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे,कृष्ण धारावासी,प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन,पवन आलोक, कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे ।
प्रमुखअतिथि वरिष्ट साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाईँ दिँदै पुराना दिनहरु स्मरण गरे ।उनले भने, ‘हराएको कविले फेरी सिर्जना लिएर आएकोमा खुशी छु । उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरु निरन्तर लेखेर योगदान गर्नुभएको थियो।’
प्रा.डा.गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामाथ्र्य भएका कविको रुपमा आफुले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए ।
‘उहाँको कविता वेदका मन्त्र पढेजस्तै छन्,जसले व्याख्या गर्दैनन्,संकेत मात्र गर्छन् । कविताको मूल स्वर बिद्रोह र असन्तुष्टीतर्फ सुनिन्छन् । कतै कवि प्रेम बोल्छन् ।’ प्रा.डा.गौतमले भने । कोमल तत्व र कठोर तत्व दुबै उत्तिक्कै कवितामा पाएको भन्दै उनले भने,’मृत्यूचिन्तन,प्रेमचिन्तन,देश चिन्तन,समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन्।’ कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामाथ्र्यका भएकामा प्रा.डा.गौतमले जोड दिए ।
साहित्यकार धारावासीले राजेशसंग विताएका बाल्यकालीन दिनहरु समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे ।
‘काठमाडौँको साहित्य र पत्रकारितामा पनि उहाँको भुमिका छ ।उहाँ मुक्तक, गीत र कविता सशक्त ढंगले लेख्नसक्ने क्षमताबान कवि हो।’ धारावासीलेभने।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखे।
सार्वजनिक कृतिबाट सुधा शर्मा,राजेश खनाल लगायतले कविता बाचन गरे ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्धारा आयोजित कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेशका कविताले पुष्टि गरेको बताए । उनले वर्तमान समयमा नेपाली साहित्यक्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै भने,’पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ । यो हुनु राम्रो संकेत होइन् ।’
मधु पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top