काठमाडौँ। कात्रोमा मेरो देश, मेरो देशको सेल्फी लगायतका एघार कृतिहरु प्रकाशन गरेर नेपाली साहित्यमा स्थापित साहित्यकार दिल पौडेलको अन्तर्वार्ताहरुको सङ्ग्रह ‘प्राज्ञिक संलाप नेपाली साहित्यिक जगतमा आएको छ ।
नेपाली साहित्यका क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका मुर्धन्य बीस जना साहित्यकारहरुसंगका अन्तरङ्ग् कुराकानी समेटेर तयार गरिएको कृतिकार पौडेलले बताएकाछन् ।
जेठको तेस्रो साता एक समारोहको बीच विमोचन तथा परिचर्चा गरिने यो कृतिमा प्रा.डा. जिवेन्द्र देव गिरी, प्रा.डा.कृष्णहरि बराल, प्रा.डा.कृष्ण प्रसाद दाहाल, प्रा.डा.गंगाप्रसाद अधिकारी, डा.अमर गिरी, प्रा.डा.लक्ष्मण प्रसाद गौतम, सह प्रा.डा.यज्ञश्वर निरौला,डा.छायादत्त न्यौपाने,प्रा.डा. रामप्रसाद न्यौपाने,डा.देबी दुलाल क्षेत्री, प्रा.डा.नारायण प्रसाद गड्तौला, डा.बिदुला दाहाल घिमिरे, डा.बिनोद मञ्जन, डा.गायत्री बिष्ट, डा.गीता त्रिपाठी, डा.रजनी ढकाल, डा.हरिप्रसाद सिलवाल, प्रा.डा.देवी नेपाल, डा.रमेश शुभेच्छु,पवन चाम्लिङ “किरण” को अन्तर्वार्ता समेटिएको छ ।
प्राज्ञिक संलाप एक बौद्धिक तथा ऐतिहासिक दस्तावेजको रुपमा नेपाली साहित्यमा भित्रिएको कृतिका प्रकाशक एवम् कृतिकार पौडेलका सुपुत्र सुदीप पौडेलले उल्लेख गरेकाछन् । २८४ पेजमा तयार गरिएको यो कृतिलाई पाठकले जम्मा मूल्य रु ९५१ तिरेर ज्ञान हासिल गर्न सक्नेछन् । शब्दसरोवर कृति र कृतिकार दुवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।
