नानीमैयाँ मानन्धर र रत्नसुन्दर शाक्यलाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’

, असार ५ , काठमाडौँ

सम्यक् सन्देश (समानान्तर बौद्ध आध्यात्मिक पत्रिका) ले २०८३ सालको ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ काठमाडौँकी सुश्री नानीमैयाँ मानन्धर र भक्तपुरका श्री रत्नसुन्दर शाक्यलाई समर्पण गर्ने निर्णय गरेको छ ।

लेखन तथा प्रकाशनका माध्यमबाट थेरवाद बौद्ध दर्शनको प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएकी मानन्धर तथा अनुसन्धानमूलक जीवनी लेखनमा निरन्तर क्रियाशील शाक्यलाई बौद्ध धर्म, साहित्य र अनुसन्धानको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

सम्यक् सन्देशद्वारा स्थापित ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ बौद्ध धर्म, दर्शन, शिक्षा, साहित्य तथा समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।

पुरस्कार आगामी असार २१ गते काठमाडौँको विश्व शान्ति विहारमा समर्पण गरिने सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल `दीपसागर´ ले बताएका छन् ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top