जेष्ठ ३, काठमाडौं ।
महेश प्रसाईं नेपाली साहित्यकाे सुप्रख्यात नाम। यिनै प्रसाईंकाे पाचाैँ लघुकथा कृति इब्राहिमकाे घाेडा र बिकिनीहरू राजधानीमा आयाेजित एक भव्य समाराेहका बीच समीक्षा सहित लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेतीकाे प्रमुख अातिथ्य रहेकाे साे समाराेह दायित्व वाङ्मय प्रतिष्ठान नेपालले आयाेजना गरेकाे हाे ।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त सभाध्यक्ष रहेकाे उक्त कार्यक्रमको प्रमुख वक्ता गाेपी मैनाली थिए भने युवराज मैनाली, डा. विनोद मन्जन, डा. हरिप्रसाद सिलवाल, खेमराज पोखरेल र राजेन शिवाकाेटीले शुभकामना र कृतिकारले कृति लेखनकाे अनुभूति व्यक्त गरेका थिए । प्रमुख वक्ता मैनालीले कृतिमाथि समीक्षा गरेकाे उक्त कार्यक्रमकाे स्वागत मन्तव्य डा. नम्रता पाण्डेले र कार्यक्रमकाे उद्घाेषण यादव भट्टराइले गरेका थिए ।

