महाकुलुङ गाउँपालिकामै पहिलो पटक पुस्तक विमोचन

कार्तिक २१, काठमाडाैँ।
साेलुखुम्बु जिल्लाकाे महाकुलुङ गाउँपालिकाको इतिहासमै पहिलाे पटक औपचारिक रूपमा पुस्तक विमाेचन भएकाे छ । साहित्य र कलाको इतिहासलाई समेटेर लेखिएको “महाकुलुङको साहित्य र कलाको इतिहास एवम् व्यक्तित्व परिचय” नामक कृति विमोचन गरिएको हो ।
विमोचित कृति साहित्यकार मनुहाङ किराँती “सोलु” को पाँचौ कृति हो । मनुहाङ किराती “साेलु”काे यस अघि सिर्जनाकाे मञ्जरी कविता संग्रह २०७५,मनकाे डायरी गजल संग्रह २०७६, चाेचाेलुङ रिङ रिदुम कुलुङ मातृभाषामा मुन्धुम संग्रह २०७७(संयुक्त),सिर्जनाकाे पारखी बाल कविता संग्रह २०७९,गुदेल माविकाे हीरक स्मारिका सहसम्पादन २०७९,ताेस,नाेक्छाे र ताेसखम सांस्कृतिक खाेज संग्रह २०८३( संयुक्त)लगातका कृतिहरु प्रकाशित छन् भने गीतहरुमा साल्पा सिलिछाेमी बाेलकाे गीत २०७८(कुलुङ भाषामा),महाकुलुङ गाउँपालिका गान २०७८(संयुक्त), मुर्चुङ्गा र बिनायाे बाेलकाे गीत २०७९, गुदेल मावि हीरक गान २०७९(संयुक्त) हाै हामी किराँती बाेलकाे गीत २०८०, सानिवा पिन्ना बाेलकाे गीत २०८०, मुटुमा सजाई राखे बाेलकाे गीत २०८१ लगायतकाे सार्वजनिक छन् ।

किराँतीले महाकुलुङ भित्रको साहित्यलाई उजागर गर्न विगत २०८० सालदेखि निरन्तर व्यक्तिगत लगानी र सक्रियतामा साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन्। किराँतीले २०८० साल वैशाख १८ गते महाकुलुङव्यापी पालिकाकै पहिलो साहित्यिक कार्यक्रमको रुपमा कविता र गजल लेखन तथा वाचन प्रतियोगिता आयोजना गरेका थिए। २०८१ साल असोज २८ गते रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका मन बहादुर कुलुङ र लेखककी आमा ७७ वर्षीय थेप्ली मनि छेन्छोलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
त्यसैको निरन्तरता स्वरुप महाकुलुङको तेस्रो साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अजय अलंकारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङ विशिष्ट अतिथि थिइन् ।
कार्यक्रममा पुस्तक विमोचनसँगै कविता प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । प्रतियोगितामा पानस कुलुङ प्रथम, केशव कुलुङ द्वितीय र अनुुसा कुलुङ तृतीय भए । प्रथम ,द्वितीय र तृतीय हुनेहरुले क्रमश: नगद दुई हजार,पन्ध्र सय र एक हजारकाे साथमा प्रमाणपत्र वितरण गरिएकाे छ।

Follow Us
0Shares
Shabdasarovar
Shabdasarovar
Articles: 59

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।