श्रावण १३,काठमाडौँ
पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा आयोजित एक विशेष कार्यक्रमका बिच डिल्लीराम शर्मा संग्रौलाको अनुसन्धानत्मक आलेख सङ्ग्रह ‘साहित्य शोध सुमन’ लगायत तीनवटा पुस्तकको विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्ष त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल अक्कलदेव मिश्र हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा वाइ. बी.एन. विश्वविद्यालय राँची, भारतका हिन्दी विभागीय प्रमुख प्रा.डा. संजयकुमार हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिमा डा.शैलेन्दुप्रकाश नेपाल र डा.अन्जनीप्रसाद सिंह हुनुहुन्थ्यो। पुस्तकमाथि समीक्षा हिन्दी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विनोदकुमार विश्वकर्माले गर्नुभएको थियो। उहाँले पुस्तकमा भएका सबै आलेखहरूका विशेषताहरू बताउँदै यस पुस्तकले नेपालको हिन्दी साहित्य जगत्मा एउटा महत्त्वपूर्ण भूमिका प्राप्त गर्ने कुरा राख्नुभयो।
सोही कार्यक्रममा भारतीय कवि प्रा.डा सञ्जय कुमार को टुट रही माँ काव्य पुस्तक र डा.कविता कुमारीको झारखण्ड राज्य के महिलाओं की सामाजिक-आर्थिक स्थिति की विवेचना´ पुस्तक पनि विमोचित भएका छन्। यस कार्यक्रममा डा. कविता कुमारीलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा संजय कुमारले आफ्नो महत्त्वपूर्ण विचार राख्नु भयो। त्यसैगरी विशिष्ट अतिथि डा. शैलेन्दुप्रकाश नेपालले सर्जकहरूलाई शुभकामना दिनुभयो। अन्तमा अध्यक्षीय भाषणमा प्रा. डा. अक्कलदेव मिश्रले सर्जकहरूलाई शुभकामना दिँदै यस प्रकारको कार्यले निरन्तरता पाइरहोस् भन्नुभयो।
कार्यक्रममा जेनकवि कृष्ण प्रसाई, युवा कवि डा. अम्बिका अर्याल, अनुपमा रेग्मी, शारदा पाण्डे, मनोज गोप, सन्तोष पोखरेल, संगीता ठाकुर, अंशु झा, रुचि शाह, विभा दास, सुष्मिरा अर्याल, प्रभात सागर प्रधान, राधेश्याम विश्वकर्मा, ऋषिराम खनाल, गोविन्द पुन लगायत धेरै विद्वान्-विदुषीहरू र पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थीहरूको गरिमामय उपस्थिति रहेको थियो।
Follow Us