दीपावलीको अवसरमा सामाजिक विकास समाजद्वारा १८ कानुनविदहरु सम्मानित

२०८३ कात्तिक २२, काठमाडौं ।
सामाजिक विकास समाज, अनामनगर, काठमाडौंले आज शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्र्यो ।

बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृति मन्त्री माननीय दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम समाजका अध्यक्ष ओम उप्रेतीको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा समाजको उद्देश्य, आदर्श र अभियानलाई सार्थक तुल्याउन कानुनी क्षेत्रबाट अतुलनीय सहयोग, महत्वपूर्ण योगदान, निःस्वार्थ सेवा तथा संस्थागत हितप्रतिको समर्पणको लागि डेढ दर्जन कानुनविदलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरुमा क्रमशः कृष्णप्रसाद भण्डारी, विश्वकान्त मैनाली, हरिहर दाहाल, सतिशकृष्ण खरेल, बोर्णबहादुर कार्की, तुलसी भट्ट, मात्रिकाप्रसाद निरौला, हरिश्चन्द्र सुवेदी रहनु भएको छ ।

यसैगरी अधिवक्ताहरुमा क्रमशः प्राडा. लक्ष्मीप्रसाद मैनाली, शंकर सुवेदी, विमल सुवेदी, हरि फुयाल, केदारप्रसाद दाहाल, बाबुराम दाहाल, सतिशकुमार झा, गुरुभक्त निरौला र रक्ष रैका मगर रहनु भएको
छ ।

उहाँहरुलाई प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष उप्रेती, माननीय शान्ता ढकाल, पूर्व सचिव माधव रेग्मी र
पूर्व न्यायधीश युवराज सुवेदीलगायतले सम्मान गर्नु भएको थियो ।

सम्मानितहरुलाई प्रदान गरिएको सम्मानपत्र वाचन र परिचय समाजका कार्यसमिति सदस्य राधेश्याम लेकालीले गर्नु भएको सो कार्यक्रममा समाजका उपाध्यक्ष गोपालकृष्ण गडत्तौलाले स्वागत एवं कार्यक्रमको महत्वमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, सभापति उप्रेती, वरिष्ठ इतिहासविद सुरेन्द्र केसी., पूर्व सचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष माधव रेग्मी, समाजका संरक्षक पूर्व न्यायधीश युवराज सुवेदीलगायतले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो भने सम्मानितहरुको तर्फबाट अधिवक्ता शंकर सुवेदीले मन्तव्य राख्दै सम्मानको लागि आभार व्यक्त गर्नु भएको थियो ।

सामाजिक विकास समाजको सभाकक्षमा आयोजित सो कार्यक्रममा समाजका संरक्षक, सल्लाहकार, सदस्य, पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधि र सम्मजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण समाजका महासचिव रक्ष रैका मगरले गर्नु भएको थियो ।

Follow Us
0Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 116

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।