काठमाडौँमा रात्रिकालीन अखण्ड नमोकार जप आयोजना हुँदै

काठमाडौँ।

सामूहिक जिनेन्द्र आराधना संस्थाको संयोजनमा यही भदौ २५ गते बिहीबारका दिन काठमाडौँस्थित जैन भवनमा ‘रात्रिकालीन अखण्ड नमोकार जाप’ आयोजना हुने भएको छ ।

संस्थाका नेपाल शाखा अध्यक्ष सुभाष जैन सेठीका अनुसार काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण जैन साधर्मी परिवारहरूलाई उक्त जपमा बढीभन्दा बढी संख्यामा सहभागी भई आध्यात्मिक ऊर्जा एवं धर्मलाभ लिन आह्वान गरिएको छ ।

कार्यक्रमलाई भव्य र सुव्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न संयोजक तथा समन्वयकर्ताहरूको टोली गठन गरिएको छ । रातभर सञ्चालन हुने यस अखण्ड जपमा हरेक समय भक्तजनहरूको निरन्तर उपस्थिति रहोस् भन्ने हेतुले सहभागीहरूलाई आफ्नो अनुकूल समयको ‘स्लट’ आयोजकसमक्ष अग्रिम दर्ता गराउन अनुरोध समेत गरिएको छ ।

विश्व शान्तिको कामनाका साथै हालै भोटेकोशीमा आएको बाढी-पहिरोको प्रकोपबाट सम्पूर्ण नागरिकले शीघ्र राहत पाऊन् भन्ने मंगल भावना व्यक्त गर्दै यो अखण्ड जप सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top