कवितामा धम्मवती

 काठमाडौँ । धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा सम्यक् सन्देशले धर्मकीर्ति विहारकी प्रमुख परमपूज्य भिक्षुणी डा. धम्मवती गुरुमांको ९३औँ जन्मोत्सवका अवसरमा ‘कवितामा धम्मवती’ विशेष साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा विभिन्न विधामा सक्रिय कविहरूले भिक्षुणी धम्मवती गुरुमांको जीवन, व्यक्तित्व, आध्यात्मिक योगदान तथा समाजसेवालाई केन्द्रमा राखी रचना गरिएका छन्द कविताहरू वाचन गर्नेछन् । कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न कवि तथा साहित्यकार वासुदेव ठकुरीको संयोजकत्वमा स्रष्टा समन्वय समिति गठन गरिएको सम्यक् सन्देशले जनाएको छ । सम्यक् सन्देशका अनुसार आगामी साउन २३ गते शनिबार आयोजना हुने कार्यक्रममा १५ भन्दा बढी प्रतिष्ठित कविहरूको सहभागिता रहनेछ ।

‘कवितामा धम्मवती’ कार्यक्रमले भिक्षुणी धम्मवती गुरुमांको प्रेरणादायी जीवनयात्रा र बौद्ध धर्म, शिक्षा तथा समाजप्रतिको योगदानलाई साहित्यका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य राखिएको छ ।

Dhammavati 1024x948

‘कवितामा धम्मवती’ कार्यक्रमले भिक्षुणी धम्मवती गुरुमांको प्रेरणादायी जीवनयात्रा र बौद्ध धर्म, शिक्षा तथा समाजप्रतिको योगदानलाई साहित्यका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्य राखिएको छ ।

Follow Us
5Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top