काठमाडौंमा ब्र. रुचि दीदीको सान्निध्यमा मनाइने ‘दश लक्षण महापर्व’

भाद्र २८,काठमाडौँ

दश लक्षण महापर्वको पावन अवसरमा नेपालको ऐतिहासिक तथा धार्मिक स्थल श्री आदिनाथ दिगम्बर जैन मन्दिर, काठमाडौंमा विशेष धर्म प्रभावना कार्यक्रम आयोजना हुने भएको छ।

श्री १०८ आदिनाथ दिगम्बर जैन मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठीका अनुसार, यस महापर्वको अवसरमा विश्व प्रसिद्ध समाधि भक्तिका रचयिता १०८ आचार्य श्री विभव सागर जी महाराजकी परम प्रभावक शिष्या ब्रह्मचारिणी रुचि दीदीको शुभ आगमन हुँदैछ।

कार्यक्रममा ब्र. रुचि दीदीले आफ्ना प्रेरणादायी प्रवचन, भक्ति सङ्गीत तथा आध्यात्मिक मार्गदर्शनमार्फत जैन धर्मका १० उत्तम लक्षण (गुण) हरूको महत्त्वबारे प्रकाश पार्नुहुनेछ। उहाँको आगमनले काठमाडौंस्थित जैन समाज तथा श्रद्धालुहरूमा विशेष उत्साह र हर्षोल्लास छाएको छ।

श्री आदिनाथ दिगम्बर जैन मन्दिर कमिटीले सम्पूर्ण श्रावक-श्राविकाहरूलाई यस पावन अवसरमा उपस्थित भई धर्मलाभ लिन हार्दिक अनुरोध गरेको छ।

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top