प्रदीप जैसीको उपन्यास ‘काउले’ विमोचित

काठमाडौँ, असोज २

युवा साहित्यकार प्रदीप जैसीद्वारा लिखित नयाँ उपन्यास ‘काउले’ राजधानीमा आयोजित एक विशेष समारोहका बिच विमोचन गरिएको छ। भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीको सभापतित्व तथा वरिष्ठ भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा अनामनगरस्थित संवाद डबलीमा कार्यक्रम सम्पन्न भएको हो।

लोकार्पण समारोहमा प्रमुख अतिथि प्रा. डा. माधवप्रसाद पोखरेलले ‘प्रथम पुरुष’ (म पात्र) को प्रयोग गरी लेखिएको यो उपन्यास लेखकको आफ्नै कथानक जस्तै आत्मीय महसुस हुने बताए। उपन्यासमा प्रयुक्त स्थानीय शब्दहरू भाषा वैज्ञानिकहरूका लागि छुट्टै शब्दकोश निर्माण गर्न सकिने स्तरका रहेको उल्लेख गर्दै उनले यस्ता कृतिले क्षेत्रीय र केन्द्रीय साहित्यबिच बलियो पुलको काम गर्ने धारणा राखे।

कार्यक्रममा विमोचित कृतिबारे समीक्षात्मक मन्डातव व्यक्त गर्दै डा. अमुता शर्माले उपन्यासमा सामाजिक यथार्थ, बालमनोविज्ञान, र पात्रहरूको मनस्थितिलाई जीवन्त ढङ्गले उतारिएको बताइन्। त्यसैगरी समीक्षक शिवप्रसाद जैसीले ४० र ५० को दशकका समकालीन घटनाक्रम तथा सुदूरपश्चिमको सामाजिक-सांस्कृतिक परिवेशलाई कुशल शिल्पका साथ समेटिएको सार्थक कृतिका रूपमा ‘काउले’ को चर्चा गरे। अर्का वक्ता डा. हर्क शाहीले स्थानीय भाषा, व्याकरणीय विशेषता र मातृभाषाको महत्त्वमाथि प्रकाश पार्दै यस्ता कृतिहरू नै दीर्घकालसम्म जीवन्त रहने उल्लेख गरे।

कृतिकार प्रदीप जैसीले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै पाठकहरुबाट प्यराप हुने यथोचित प्आरतिले आगामी दिनमा लेखिने साहित्यमा प्सरयो गरिने बताउँदै समाजको यथार्थ पखाल्ने खालका नवीन कृतिहरू ल्याउने प्रतिबद्धता जनाए।

माननीयद्वय रत्न थापा र यज्ञबहादुर बोगटी, शेरबहादुर विश्वकर्मा लगायत साहित्य र विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको सो कार्यक्रम सभापति केशव पराजुलीको धन्यवाद ज्ञापनसँगै समापन भएको थियो।

Follow Us
2Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top