तेइसौं त्यागी स्मृति दिवसमा सम्मान अर्पण

अमर कीर्तिमानी / जयराम बिडारी। काठमाडाैँ

साहित्यकार स्व. बी. डी. त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा बी. डी. त्यागी स्मृति केन्द्रले बैशाख १९ गते शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न व्यक्तित्वहरुलाई बी. डी. त्यागीको नामको विभिन्न सम्मान २०८३ प्रदान गरेको छ।

साहित्य सदन रामहिटीमा आयोजित कार्यक्रममा यो वर्षको नेपथ्य सम्मान गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाल,योगदान सम्मान साहित्यकार तथा पत्रकार नरनाथ लुइँटेललाई,स्मृति सम्मान साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई,स्मृति पुरस्कार साहित्यकार तथा हास्यव्यङ्ग्यकार देवीप्रसाद चापागाईंलाई ,प्रतिभा सम्मान साहित्यकार तथा पत्रकार प्रदीप सापकोटा र गौरी त्यागी स्रष्टा जीवन साथी सम्मान स्रष्टा श्रीओम श्रेष्ठ रोदनको जीवन सङ्गिनी ललिता श्रेष्ठलाई अर्पण गरिएको थियो ।

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

सम्मानित प्रतिभाहरुलाई त्यागीका छोरीहरु कविता ,शैली र समिक्षाले टिका,खादा र त्यागीको चार थुम्का उपन्यास अर्पण गर्नुभएको थियो भने वरिष्ठ साहित्यकार वेदमणि घिमिरेले ढाकाको खादा र कार्यक्रमका सभापति उपन्यासकार शङ्कर भारतीले सास लगाइदिनुभएको थियो । बी डी त्यागी स्मृति केन्द्रको संरक्षक तथा त्यागीकी धर्मपत्नी गौरी आचार्यले सम्मान पत्र अर्पण गर्दै सम्मानित गर्नुभएको थियो । पुरस्कृत चापागाईंलाई त्यागीका नाती अटिजम बालक सम्मान आचार्यले एक सय एक सिक्काको थैली अर्पण गरेका थिए ।

Bdtyagi 1024x668

केन्द्रका अध्यक्ष कृष्ण आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने सम्मानित प्रतिभाहरु दीपक रिसाल, नरनाथ लुइँटेलको प्रतिनिधि वहाँकी छोरी गरिमा लुइँटेल ,महेन्द्र चालिसे,देवीप्रसाद चापागाईं,प्रदीप सापकोटा र ललिता श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमका सभापति केन्द्रका सल्लाहकार तथा प्रतिभा चयन समितिका संयोजक उपन्यासकार शङ्कर भारतीले साहित्यकार त्यागी र स्मृति केन्द्रको बारेमा प्रकाश पार्दै धन्यवाद ज्ञापन् सहित सभा विसर्जन गर्नुभएको थियो । सो अवसरमा बी डी त्यागीको परिचयको पुस्तिका विमोचन गरिएको थियो । कल्पना खतिवडाले संचालन गर्नुभएको कार्यक्रममा प्रतिभा चयन समिति सदस्य दुर्गा अधिकारी भमरकोटेले सुसेलीबाट प्रतिभा परिचय दिनुभएको थियो । २०६० बैशाख १९ गते निधन हुनुभएका साहित्यकार बी डी त्यागीको स्मृति दिवसको अवसर पारेर बी डी त्यागी स्मृति केन्द्रले हरेक वर्ष सम्मान तथा पुरस्कार अर्पण गर्दै आएको छ । हालसम्म डेढसय भन्दा बढी प्रतिभाहरु यस सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।






Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top