जोशीको तगारो र रुपा विमोचित

निबन्ध आचार्य।काठमाडाैँ

साहित्यकार शम्भुविक्रमध्वज जोशीको दुई कृति विमोचित भएको छ ।

जेठ २ गते शनिबार एक कार्यक्रम बीच कार्यक्रमका सभापति साहित्यकार तथा कलाकार विक्रममान श्रेष्ठ सागर,प्रमुख अतिथि उपन्यास समाजका अध्यक्ष वरिष्ठ उपन्यासकार शङ्कर भारती,कृतिकार शम्भुविक्रमध्वज जोशी अतिथिहरु डा.चन्द्रबहादुर श्रेष्ठ ,सन्तोषमान सिंह मास्के,अधिवक्ता संजय राज शर्मा, सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ,रिड मोडल स्कुलका पृन्सिपल नरेन्द्र सिंह धामी र सल्लाहकार थिरलाल पाण्डेले संयुक्त रुपमा जोशीको उपन्यास तगारो र लघु कथा सङ्ग्रह रुपाको विमोचन गर्नुभएको थियो । प्रकाशित कृति माथि डा. चन्द्रबहादुर श्रेष्ठ र अधिवक्ता संजयराज शर्माले प्रकाश पार्नुभएको थियो ।

कृतिकार जोशीले रचना गर्भ बारे प्रकाश पार्दै पुस्तक प्रकाशन र कार्यक्रममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन् गर्नुभएको थियो ।स्कुलका पृन्सिपल धामीले शुभकामना दिनुभएको थियो । प्रमुख अतिथि भारतीले मानिसले जीवनमा सबैले एउटा कविता लेखेकै हुन्छन् तर उपन्यास थोरैले मात्र लेख्ने कुरा बताउदै जोशीका अन्य कृतिहरु चाडै आउने आशा गर्नुभयो । सभापति सागरले तगारो भित्रको पात्र पनि विक्रम नै भएको संयोग सुनाउदै कृतिकारलाई शुभकामना दिनुभयो ।विमल कोइरालाले संचालन गर्नुभएको सो कार्यक्रममा चलचित्र अटिजमका कलाकारहरु करुणा पोखरेल ,जमुना पोखरेल र सम्मान आचार्य अतिथिको रुपमा रहनुभएको थियो ।कार्यक्रममा संजयराज शर्मा र विमल कोइरालाले कविता वाचन गर्नुभएको थियो ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top