कसास काव्य वाचनको आठौं शृङ्खला सम्पन्न

कपन ,काठमाडौं।
कपन साहित्य समाजले हरेक महिनाको पहिलो शनिबार बिहान आयोजना गर्दै आएको कसास काव्य वाचनको आठौं शृङ्खला जेठ २ गते शनिबार बिहान सम्पन्न भयो ।

समाजका अध्यक्ष गणेश मिश्रको सभापतित्वमा सप्पन्न सो कार्यक्रममा साहित्यकारहरु कृष्ण धरावासी, ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल, बुनपाका उपप्रमुख अनिता लामा,विसुकुमार केसी, नारायण नेपाल,दुर्गा अधिकारी भमरकोटे,पुष्पा दाहाल,रामेश्वर खनाल,चेवन बस्नेत ठुलाघरे,आल्फि फोहेन फाप्लुप्पा,कृष्णप्रसाद पौडेल जस्ताघरे,विश्वनाथ तामाङ,मन्जुकला बिमली,जमुना आचार्य,भावना बराल,गणेश मिश्र,लक्ष्मण अधिकारीले,प्रवीणचन्द्र पौडेल,अनिता महर्जन,पवित्रा चिमोरिया रचना वाचन गर्नुभएको थियो । कार्यक्रमका सभापति मिश्रले नियमित सहभागी स्रष्टालाई कपन साहित्य समाजको कार्यक्रममा सम्मानित गरिने जानकारी दिदै धन्यवाद सहित सभा बिसर्जन गर्नुभएको थियो । समाजका महासचिव लक्ष्मण अधिकारीले संचालन गर्नुभएको काव्य वाचन कार्यक्रममा अटिजम बालक सम्मान आचार्य विशेष स्रोताको रुपमा उपस्थित हुनुभएको थियो ।

तस्वीरमा

IMG 20260516 125637 1024x732
IMG 20260516 125648 1024x557
IMG 20260516 125701 1024x556

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top