सराेजदिलुकाे ‘देश खोजिरहेको मान्छे’कविता कृति लाेकार्पण

काठमाडौं। लेखक तथा अभियन्ता सरोजदिलुद्वारा लिखित कवितासङ्ग्रह देश खाेजिरहेकाे मान्छे लाेकार्पण तथा कवि गाेष्ठी अाज राजधानीमा एक कार्यक्रमका बिच सम्पन्न गरिएकाे छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्य रहेको साे कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माद्वारा लाेकार्पण गरिएकाे साे कृतिमा सामाजिक क्रान्तिचेत भरिएका २८वटा कविताहरू समावेश गरिएकाे छ । सराेजदिलुकाे नवाैँ कृतिकाे रूपमा प्रकाशित यस कृतिकाे समीक्षा डा. गाेविन्द नेपाली र डा. कृष्ण सुवेदीले गर्नुभएकाे थियाे ।

Ssdd 1024x768

नेपाल इन्टेलक्चुअल फोरम तथा दलित निगरानी को सङ्युक्त आयोजनामा भएकाे उक्त कार्यक्रमकाे सभापतित्व लेखक हीरा विश्वकर्माले गर्नुभएकाे थियाे भने असी वर्षिय साहित्यकार ढीक बहादुर बिश्वकर्माले अडियो सम्बोधन गर्नु भएको थियोे। 

प्रदिप घतालले सहजीकरण गरेकाे साे कार्यक्रममा चिरपरिचित साहित्यकारहरू डा.नवराज रिजाल,छविरमण सिलवाल,केशव पराजुली लगायतकाे सहभागिता रहेकाे साे कार्यक्रममा सुशील बिके , अधिवक्ता यम कुमारी दरेल, डा मित्र परियार, दुर्गा बराईली, विवेक थापा, मित्र लाल पङ्गेनी,दिपक नारायण विश्वकर्मा, चक्रमान विश्वकर्मा, गजाधर सुनार, अभय श्रेष्ठ , शारदा स्वर्णकार, डा कृष्ण सुवेदी, देवराज विश्वकर्मा, प्रदीप घतालले कविता वाचन गर्नुभएकाे थियाे ।

Follow Us
5Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top